आस्था /आध्यात्म

सन्त निरंकारी मण्डल नेपालद्वारा ८३० यूनिट रगत संकलन

बिज्ञापन

सन्त निरंकारी मण्डल नेपालद्वारा मानव एकता दिवसको अवसरमा नेपालका विभिन्न सत्ससंग भवनहरुमा ‘रगत नालीमा होइन, नाडीमा बगाऔं’ भन्ने सत्गुरु बाबा हरदेव सिंह जीको दिव्य सन्देशलाई साकार पार्न रक्तदान शिविरको आयोजना गरि ८३० यूनिट रगत संकलन गरिएको छ ।

बिज्ञापन

टीकापुर । कैलालीको टीकापुर भवनमा रक्तदान शिविर सम्पन्न भएको छ । निराकारको सिमरण गरेर टीकापुरका भवनका मुखी महादेव भण्डारीले रगत संकलन गर्ने थैली दिएर सेवादलका भाइ–बहिनीहरुले स्वयंबाट रक्तदान गरेर शिविरको उद्घाटन गरिएका थिए । रक्तदान गर्न धेरै सन्त–महापुरुषहरु उत्साहित भएपनि विभिन्न स्वास्थ्यका कारणले रक्तदान गर्न नसकेकोमा निरुउत्साहित देखिन्थे । टीकापुर भवनमा ४० प्यान्ट रगत संकलन गरिएको थियो र संकलन गरिएको रगतलाई नेपाल रेडक्रस सोसाइटीले व्यवस्थापनको लागि लिएर गएको थियो ।

अमरावती । कैलालीको अमरावतीमा ४३ यूनिट रगत संकलन गरिएको थियो जसको उद्घाटन जानकीनगर पालिकाका वडा ९ का सचिव प्रेम बुढाले गरेका थिए ।

धनगढी । धनगढीमा रक्तदान शिविरमा ३२ यूनिट रगत संकलन गरिएको छ ।

मोतीपुर । मोतीपुर–लम्कीमा रक्तदान शिविरमा २२ यूनिट रगत संकलन गरिएको छ ।

बौनिया । सन्त निरंकारी मण्डल शाखा सडकपुर बौनिया कैलालीको आयोजित रक्तदान शिविर सम्पन्न भएको छ । रगत अभावका कारण कुनैपनि व्यक्तिले अकालमा ज्यान नगुमाउनु परोस भन्ने उद्देश्यका साथ रक्तदान शिविरको आयोजना गरिएको हो ।
रक्तदान नै जीवनदान भन्ने नाराको साथ भएको उक्त कार्यक्रममा ६५ यूनिट रगत संकल्न गरिएको थियो । संकलित रगत नेपाल रेडक्रस सोसाइटी धनगढीलाई बुझाईएको थियो ।

सुर्खेत । सुर्खेतको सत्संग भवनमा आयोजित रक्तदान शिविरमा ४१ यूनिट रगत संकलन गरिएको छ ।

दाङ । दाङको तुलसीपुर सत्संग भवनमा आयोजित रक्तदान शिविर ५८ यूनिट रगत संकलन गरिएको छ ।

बुटवल । बुटवलमा आयोजित गरिएको रक्तदान शिविरमा ७ यूनिट रगत संकलन गरिएको छ ।

बीरगंज । बीरगंजमा आयोजित रक्तदान शिविरमा ३१ यूनिट रगत संकलन छ ।

सर्लाही । सर्लाहीको सत्संग भवनमा आयोजित रक्तदान शिविरमा १६ यूनिट रगत संकलन गरिएको छ ।

जनकपुर । जनकपुरमा आयोजित रक्तदान शिविरमा १०२ यूनिट रगत संकलन गरिएको छ ।

सप्तरी । सप्तरीमा आयोजित रक्तदान शिविरमा २३ यूनिट रगत संकलन गरिएको छ ।

बिराटनगर । बिराटनगरमा आयोजित रक्तदान शिवरमा ४० यूनिट रगत संकलन गरिएको छ ।

काठमाडौ । काठमाडौमा बृहत रक्तदान शिविरको आयोजना गरिएको थियो जसमा ११७ यूनिट रगत संकलन गरिएको छ ।

नेपालगंज । नेपालगंज शाखाद्वारा आयोजित मानव दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरियो जसमा २३ जना महिला र ५४ जना पुरुष गरेर ७७ जनाले यस मानव सेवाको महायज्ञमा भाग लिएका थिए । संकलन गरिएको रगतलाई नेपाल रेडक्रस सोसाइटी महाशाखा नेपालगंजले लिएको थियो ।

कपिलवस्तु । संत निरंकारी मण्डल नेपाल इटवा सत्संग भवन कपिलवस्तुमा पहिलो पटक रक्तदान शिविरको आयोजन भयो र सत्गुरूको कृपाले ८ युनिट रक्तदान संकलन गरियो ।

स्याङ्जा । ‘रगत नालीमा हैन मानिसको नाडिमा बगाऔं’ भन्ने मूल नाराका साथ भीरकोट नगरपालिकाको केन्द्र बयरघारीमा संचालन गरिएको रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको छ । विश्वव्यापी रूपमा मनाइने मानव एकता दिवसको पावन अवसरमा सन्त निरकारी मण्डल बयरघारी, भीरकोट जेसिज, आँधीखोला पिस युथ क्लबको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रमको समुद्घाट्न गर्दै भीरकोट जेसिजका अध्यक्ष कृष्ण प्रसाद पौडेलले जीवनको सर्वोत्तम दान रक्तदान गरी रगतको अभावमा मृत्युशैयामा छ्टपटाइरहेका बिरामीलाई पुनर्जीवन प्रदान गर्न आह्वान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै भीरकोट नगर प्रमुख छायाराम खनालले समाजमा हुने रक्तदान र परोपकारी कार्यलाई आफूले सदैव सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । सन्त निरकारी मंण्डल बयरघारीका अध्यक्ष याम बहादुर खत्रीले रक्तदान कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई आभार ब्यक्त गर्नुभएको थियो ।

धरान । धरानमा शुक्रबारका दिन आयोजित रक्तदान शिविरमा १५ पुरुष र ६ महिला गरेर २१ यूनिट रगत संकलन गरिएको थियो साथै १० गते स.नि.म बिराटनगरमा ४१ युनिट रगत संकलन गरिएको थियो ।

महेन्द्रनगर । सन्त निरकारी मण्डल नेपाल महेन्द्रनगरले शनिबार रक्तदान शिविर आयोजना गरेको छ । मानव एकता दिवसको अवसर पारी मण्डलले कञ्चनपुर क्षेत्र नं. ३ का सांसद डा. दिपक प्रकाश भट्टको प्रमुख आतिथ्यमा शिविर आयोजना गरेको छ ।
साँसद भट्टले ब्लड ब्याग हस्तान्तरण गरी शिविर उद्घाटन गरेका छन् ।
ऐठपुरस्थित मण्डलमा विहान ९ बजेदेखि सुरु शिविरमा सेवा दलका २९ जनाले रक्तदान गरेका छन् । सन्त निरंकारी मण्डल नेपालका सह–सचिव एवम् महेन्द्रनगर मुखि नर बहादुर बिश्वकर्माको अध्यक्षता कार्यक्रम गरिएको छ ।
कार्यक्रममा सनिम नेपालका केन्द्रिय सदस्य पुर्ण बहादुर स्वाँर, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमर बोहरा, नेपाल रेडक्रस सोसाइटीका नरेन्द्र प्रसाद जोशी, पुनर्वासका मुखि राम प्रसाद गुरुङ्ग, समाजसेवी लक्ष्मी विश्वकर्मा, सेवादल सञ्चालक बिसन बिक, मान सिंह तिरुवा लगायतका सहभागी भएका छन् ।
रक्तदान कार्यक्रमपछि कञ्चनपुरका विभिन्न पालिकाबाट आएका सयौ सन्त परिवारद्वारा बृहत् सत्सङ्ग कार्यक्रम लङ्गर सहित सम्पन्न गरिएको छ । बृहत् सत्सङ्ग कार्यक्रमको स्टेज विचार ज्ञान प्रचारक पूर्ण बहादुर स्वारले दिएका छन् ।

बिज्ञापन