आस्था /आध्यात्म

टीकापुरको अस्नेहरीमा महायज्ञ सम्पन्न

बिज्ञापन

टीकापुर । टीकापुरको अस्नेहरीमा महायज्ञ सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले महायज्ञले सत्मार्गमा लाग्ने अभिप्रेरणा दिने बताउनु भएको छ । टीकापुर नगरपालिका वडा नम्बर ४ अस्नेहरीमा गरिएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ महोत्सव समापन कार्यक्रममा बोल्दै उहाँले मानिसलाई सुसज्जित, संस्कारी, असल बनाउन महायज्ञले सिकाउने भएकाले समय सापेक्ष महायज्ञ गर्न आवश्यक रहेको बताउनुभयो । 
उहाँले सुदूरपश्चिम प्रदेशको मन्त्रीमण्डलको विस्तार भएपछि, धार्मिक, साँस्कृतिक कार्यहरुको संरक्षण प्रवद्र्धन गर्नका लागि सहयोग गर्नेे प्रतिवद्धता जनाउनुभयो । 
नागरिक उन्मुक्ति पार्टीका प्रवत्ता दामोदर पडिण्तले धर्मले विश्वासको वातावरणमा जोड्ने बताउनुभयो । धार्मिक कार्यमा महत्वाकाँक्षी नबन्न आग्रह गर्दै कर्ममा दत्तचित्त भई लगनशिल बन्न आग्रह गर्नुभयो । 
रामजानकी मन्दिरका अध्यक्ष रामबली चौधरीको अध्यक्षतामा समापन भएको कार्यक्रममा टीकापुर नगरपालिकाका निर्वतमान नगरउपप्रमुख केशरी रावल विष्ट, वडा नं. ४ का वडा  सदस्य प्रेमलाल चौधरीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत जग्गु प्रसाद चौधरीले गर्नुभएको थियो  । 
यस्तै रामजानकी मूर्ति खण्डित मुर्तिको विधिवत रुपमा पुनः स्थापना गरिएको छ । चैत ८ गतेदेखि शुरु भएको महायज्ञमा अन्र्तरािष्ट्रय भागवत वाचक इश्वरभक्ति आश्रम बृन्दावन, इश्वरपे्रमी आश्रम टीकापुरका पिठाधिस श्री एक हजार आठ महामण्डलेश्वर स्वामी इश्वर चैतन्यजी महाराजले भागवत वाचन गर्नुभएको थियो । 

बिज्ञापन
बिज्ञापन