खेलकुद

आजदेखि आइपिएल : पहिलो खेलमा चेन्नाई र गुजरात भिड्दै

बिज्ञापन

काठमाडौँ– १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । 

बिज्ञापन

प्रतियोगिताको उद्घाटन खेल तमिलनाडूस्थित अहमदाबादमा हुनेछ । यो विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालामा पर्छ । उद्घाटन खेलमा घरेलु टोलीसमेत रहेको साविक विजेता चेन्नाई सुपर किंग्स र गुजरात टाइटन्स भिड्नेछन् । यो खेल नेपाली समयअनुसार साँझ पौने ८ मा सुरु हुनेछ ।

भारतका विभिन्न सहरमा आयोजना हुने आइपिएलमा १० टोलीको सहभागिता रहेको छ ।

१० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा मुम्बई इन्डियन्स,  कोलकत्ता नाइटराइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनाउ सुपर जायन्ट्स छन् । 

यस्तै, समूह ‘बी’मा चेन्नाई सुपर किंग्स, सनराइजर्स हैदरावाद, गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंग्लोर र पन्जाब किंग्स रहेका छन् । 

आइपिएलको फाइनल आगामी २८ मेमा हुनेछ । आइपिएल विश्वकै सबैभन्दा प्रशिद्ध र महंगो फ्रेन्चाइज क्रिकेट लिग हो । 

बिज्ञापन