खेलकुद

उपाधिका लागि नेपाल लाओससँग भिड्दै

बिज्ञापन

काठमाडौँ– प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज आयोजक नेपाल र लाओस  भिड्दैछन् ।

बिज्ञापन

खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

आज नेपालको लक्ष्य उपाधि तित्नु नै रहेको नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले बिहीबारको प्रि–म्याच कन्फ्रेन्समा बताएका थिए । आफ्नो टोलीले उपाधि जित्नेमा आफू आशावादी रहेको स्पष्ट पारे ।

तीन टोली सम्मिलित कपमा भुटान भने बाहिरिएको छ । समूह चरणको खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । फिफा वरीयतामा पनि लाओस नेपालभन्दा अलि पछि छ ।

नेपाल १७५ औँ स्थानमा छ भने लाओस १८७ स्थानमा छ । यसर्थ, नेपालले आज तुलनात्मक कमजोर प्रतिद्वन्द्वी लाओसलाई हराएर उपाधि जित्ने अपेक्षा गरिएको छ ।  

बिज्ञापन