बिश्व

ट्रम्प पक्राउ पर्न सक्ने, आत्मसमर्पणको तयारीमा

बिज्ञापन

काठमाडौँ– पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ पर्ने सम्भावना बढेको छ ।

बिज्ञापन

पक्राउ पर्ने सम्भावना बढेसँगै उनले आफैँ आत्मसमर्पण गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ट्रम्पविरुद्ध न्युयोर्कमा फौजदारी अभियोगहरू अघि सारिएसँगै उनी पक्राउ पर्ने सम्भावना बढेको बिबिसीले जनाएको छ ।

यसर्थ, उनले आगामी हप्ता न्युयोर्कस्थित फौजदारी अदालतमा आत्मसमर्पण गर्ने सम्भावना रहेको दाबी गरिएको छ ।

उनीविरुद्धको मुद्दाको विस्तृत विवरण अझै खुलाइएको भए पनि ती अभियोगहरू एकजना पूर्वपोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई पैसा दिइएको विषयसँग सम्बन्धित रहेको बताइउको छ ।

पूर्वराष्ट्रपति ट्रम्पले सन्दिग्ध सम्बन्धबारे मौन रहनका लागि ड्यान्यल्सलाई १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप छ । 

यस विषयमा अनुसन्धान गरेपछि एक ग्रान्ड जुरीले उनलाई मुद्दा चलाउन मिल्नेगरी मतदान गरेको थियो ।

ट्रम्पको ड्यान्यल्ससँग सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि सम्बन्ध रहेको भनिएको छ ।

ट्रम्प अमेरिकाको इतिहासमै फौजदारी मुद्दा सामना गर्ने पहिलो बहालवाला वा पूर्वराष्ट्रपति बनेका छन्।  

७६ वर्षीय ट्रम्प फ्लोरिडामा बस्दै आएका छन् ।

बिज्ञापन