आस्था /आध्यात्म

सत्संगबाट नै मनको फोहोरलाई सफा गर्न सकिन्छ : श्रीराम काफ्ले (अध्यक्ष–स.नि.आदर्श विद्या मन्दिर)

बिज्ञापन

टीकापुर, २४ बैशाख । सन्त निरंकारी आदर्श विद्या मन्दिर टीकापुरका अध्यक्ष श्रीराम काफ्लेले सत्संगबाट नै मनको फोहोरलाई सफा गर्न सकिने कुरा सन्त निरंकारी सत्संग भवन टीकापुरमा हिजो शनिबार आयोजित साप्ताहिक सत्संग कार्यक्रममा बताउनु भएको छ ।

बिज्ञापन

उहाँले अगाडि भन्नुभयो– ‘हामीले घरभित्रको फोहोरलाई झाडु लगाएर बाहिर फाल्छौ भने घरभित्र कुनै फोहर रहन पाउँदैन त्यसबाट हामी स्वास्थ्य हुन्छौ, हामीमा ताकत आउँछ, मनमा उर्जा आउँछ, निरोगी हुन्छौ । त्यस्तै प्रकार हामीले लुगा फोहोर भएको खण्डमा त्यसलाई साबुन–पानीले धोएर त्यसलाई सफा गर्छौ । शरीर दुर्गन्धीत भएको खण्डमा हामी नुहाउँछौ । यसरी हाम्रो शरीर पनि सफा छ, लुगा पनि सफा छ, घर पनि सफा छ तर हाम्रो मन सफा छैन भने, अनेकौ लोभ–लालच, अहंकार, फोहोरहरु रहेका छन् भने यदि यी फोहोरहरुलाई सफा गर्दैनौ भने हाम्रो जीवन आनन्दित र सुखी हुन सक्दैन । यस मन भित्रको फोहोरलाई सफा गर्न सत्गुरुको कृपा हामीमाथि हुनु नितान्त आवश्यक रहेको छ र जुन अहिले सत्गुरुको कृपाबाट हामीमा रहेको छ । सत्संगबाट नै मनको फोहोरलाई सफा गर्न सकिन्छ । सन्तहरुले सत्संगमा आएर अनेकौ भजन–प्रवचन गरिरहेका हुन्छन्, यो कुनै गफगाफ नभएर एक सत्य कुरा हो । जसले सन्तहरुका अमूल्य बाणीहरुलाई आफ्नो जीवनमा ढाल्न सक्छ त्यसको जीवन आनन्दित हुनुको साथै मनमा कुनै शंका–भ्रम, रिस–राग, लोभ–लाच समाप्त भएर जान्छ । त्यसैले पहिलो भक्ति सत्संग गर्नुलाई भनिएको छ । प्रभु रामले पनि शबरीलाई प्रथम भक्ति भनेको सत्संग हो र यसलाई जीवनमा निरन्तर गर्नुपर्ने बताउनुभएको छ । हामी निरन्तर सत्संगमा आउँछ भने एक–एक कुरालाई हामी सिकेर जाने छौ र त्यसबाट हाम्रो जीवनमा सभ्यता आउनुको साथै निर्मलता आउने छ ।’

पहिले हुलाकमा चिठ्ठी आउँदा हुलाकीले बाहिरबाट आएको चिठ्ठीलाई जस्ताको त्यस्तै हामी कहाँ पुरयाउने गथ्र्यो, त्यस्तै प्रकार हामीले पनि सत्गुरुको सन्देशलाई जस्तोको त्यस्तै कतै नमोडेर हुबहु मानव जगतसम्म पुरयाउनु हाम्रो कर्तब्य रहेको उहाँले बताउनुभयो । हामी हुलाकी हौ हामीले सत्गुको जुन मानव कल्याणकारी शब्दहरु छन् त्यसलाई मानव कल्याणको लागि त्यसको कार्यन्वयन सही रुपबाट गर्न हामी सबैको कर्तब्य रहेको धारणा राख्नुभयो ।

उहाँले हरदेव बाणीका शब्दहरुको उल्लेख गर्दै अगाडि भन्नुभयो– ‘धन, विद्या, सिपबाट मान्छे ठुलो हुँदैन जो अध्यात्म प्रेमी छ त्यही संसारमा ठुलो हुने गर्दछ र त्यसको यो लोक सुखी, परलोक सुहेला हुन जान्छ । पीर–पैगम्बर–ऋषिमुनिहरुले भनेका कुराहरु कहिल्यै पनि झुठो हुन सक्दैन । हर युगमा सत्य रहेको छ । पूरा संसार नै हाम्रो परिवार हो । सबै मानव प्राणी हाम्रो परिवार हो तर यस्तो किसिमको भावन केवल सत्संगमा आउनुबाट मात्र जागृत हुन जान्छ । यहाँ कसैसंग कुनै प्रकारको ईष्र्या–नफरत–वैर हुँदैन, सबैसंग प्रेम–नम्रता–सद्भाव रहेको हुन्छ । यहाँ कोहि ठुलो–सानो, जातभात, उचनिच, कालोगोरोको कुनै भाव हुँदैन । यहाँ सबै मानवहरु एक समान छन्, एक परिवारका सदस्य सम्झेर एकापसमा बसेका हुन्छन् । आज हामीमा यस्तो किसिमको भावनाको जागृत सत्गुरुको कृपाबाट हुन गएको हो । जस्तो सुकै परिस्थिति भएपनि हाम्रो मनस्थिति भने एउटै हुनु पर्दछ, कतै डोलायमान हुनुहुँदैन, सधै यस प्रभु निराकारमाथि हाम्रो ध्यानलाई केन्द्रित गर्नुु पर्दछ ।’

उहाँले भन्नुभयोकि यो निराकार प्रभु संसारको कुना–कुनामा व्याप्त रहेको छ । प्रत्येक अंशमा रहेको छ । जसलाई निराकार सबैको ह्दयमा छ भन्ने भावनाको विकास हुन्छ भने उसलाई कहिल्यै पनि आफ्नो–बिरानोको भावना आउँदैन, सधैं आफ्नो परिवार सम्झि रहन्छ ।

उहाँले सत्गुरु बाबा हरदेव सिंह जीको उद्गारमाथि प्रकाश पार्दै भन्नुभयोकि हामीले जहिले पनि पुलको निर्माण गर्नु पर्दछ जसबाट जोकोहिलाई वारपार गर्न सजिलो हुन्छ तर हामीले कहिल्यैपनि पर्खालको निर्माण गर्नु हुँदैन जसबाट मानव एक ठाउँबाट अर्को ठाउँमा जान सक्दैन । हामीले जतिपनि मानव कल्याण बिरोधी पर्खालहरु उभ्याईएका छन् त्यसलाई भत्काउनु पर्दछ । यस्ता पर्खालहरु भत्काउनुबाट हामी आनन्दित हुन जान्छौ, विश्वमा भाइचाराको वतावरण स्थापित हुन जान्छ ।

सत्संग कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रणबहादुर रावल, क्षेत्रिय संचालक नरबहादुर बटाला, टीकापुर भवनका मुखी महादेव भण्डारी, सेवादल चन्द्र सिंह भुल, नैन सिंह, रचना रेग्मी लगाय अनेकौं सन्त–भक्तहरुले भक्ती गीत तथा प्रवचको माध्यमबाट आफ्नो भाव प्रकट गर्नुभएको थियो भने सत्संग कार्यक्रमको संचालन सेवादल प्रकाशमान ठकुल्लाले गर्नुभएको थियो ।

बिज्ञापन