आस्था /आध्यात्म

स.नि.मि.ले विश्वका मान्छेहरुलाई संस्कार युक्त समाजको निर्माण गर्न सिकाई रहेको छ : डा. रणबहादुर रावल (सु.प.– आन्तरिक मामिला तथा कानून मन्त्री)

बिज्ञापन

टीकापुर, २४ बैशाख । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रण बहादुर रावलले सन्त निरंकारी मिशनले आज नेपालमा मात्र नभएर पूरा विश्वका मान्छेहरुलाई संस्कार युक्त समाजको निर्माण गर्न सिकाई रहेकोे बताउनुभयो । उक्त कुरा उहाँले सन्त निरंकारी सत्संग भवन टीकापुरमा साप्ताहिक रुपमा संचालन हुँदै आएको सत्संगमा बताउनु भएको हो ।

बिज्ञापन

उहाँले अगाडि भन्नुभयो– ‘सन्त निरंकारी मिशनले बिग्रेको, भत्केको र कुबाटोमा लागेको समाजलाई सही बाटोमा ल्याउनुमा ठुलो टेवा पुरयाई रहेको बताउनुभयो । आफू निरंकारी मिशनप्रति समर्पित रहेको बताउँदै मिशनले गरेको काम देख्दा आफू निकै गर्ववान्तित हुनुको साथै, मानविय गुणहरुलाई आपसमा बाँडि रहेको, एक–अर्काप्रति आदर–सत्कारको भाव आदि देख्दा मन आनन्दित भएर आएको बताउँनुभयो ।’

उहाँले २०७४ सालको चुनावमा सद्गुरु माता सुदीक्षा जी महाराज र सन्तहरुको आशीर्वादले चुनिएर आज सरकारमा सहभागी हुने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो । आफ्नो कार्यकालमा सन्त निरंकारी मण्डल टीकापुरलाई ठुलो सहयोग गर्न नसकेपनि प्रत्येक वर्ष अलि–अलि गरेर सहयोग गर्दै आएको र आउँदा दिनहरुमा पनि हजूरहरुको आशीर्वाद पाए एउटा प्रशासनिक भवन र सन्त–भक्तहरुलाई पानी पिउन स्टीलको ट्याङ्कीको व्यवस्था गरेर तातो पिउनेलाई तातो र चिसो पिउनेलाई चिसो पानीको व्यावस्था गर्ने आफ्नो प्रतिबद्धता रहेको बताउनुभयोे ।

बिज्ञापन