आस्था /आध्यात्म

सन्त निरंकारी मण्डल नेपालद्वारा नेपालगन्जमा वृहत सत्संगको आयोजना

बिज्ञापन

नेपालगन्ज, १८ असोज । सन्त निरंकारी मण्डल नेपालद्वारा नेपालगन्जमा वृहत सत्संगको आयोजना गरिएको थियो ।

बिज्ञापन

गत १३ असोजमा आयोजित सत्संगलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले ‘हरदेव बाणी’ को सहारा लिदै भन्नुभयो कि धन–सम्पत्ति, छोराछोरी, परिवारको मायामा मानव लिप्त रहेको छ । तर मानवले मानव योनि पाईसकेपछि गर्नु पर्ने कर्तव्यलाई बिर्सेर यसै माया–मोहमा जीवन बिताई रहेको छ । हामी भक्ति त गरिरहेका छौ अनेक प्रकारले तर मायामा लिप्त भएर तर आज

सत्गुरुको कृपाले थाह भयो कि भक्ति वास्तविक रुपमा कसको र कसरी गर्ने भन्ने कुराको बोध भयो । ज्ञान नलिनुभन्दा पहिले हामी भक्ति केवल धन–सम्पत्ति, पुत्र–परिवारको लागि गर्ने गथ्र्यो, हाम्रो भक्तिमा आफ्नो स्वार्थ लुकेको हुन्थ्यो । तर जब सत्गुुुरुबाट ब्रम्हज्ञान प्राप्त भयो कि भक्ति गर्नुभन्दा पहिले ईश्वरलाई जान्नु जरुरी छ, त्यसको साक्षात्कार दर्शन गर्नु जरुरी तब मात्र त्यसमाथि हाम्रो पक्का विश्वास हुन जान्छ र हाम्रो भक्ति प्रर्वल हुन जान्छ भन्ने कुराको थाह भयो, उहाँले बताउनुभयो ।

एक परमात्मालाई जानेर, एक परमात्मालाई मानेर, एक हुनु नै वास्तविक भक्ति हो । यो केवल गुरु ज्ञानबाट मात्र सम्भव हुन जान्छ । जुन आज हामीलाई प्राप्त भएको छ । हामीलाई सत्गुरुले परमात्माको साक्षात्कार गराएर हाम्रो विश्वासलाई बलियो बनाउनु भयो । हामीले सधै माया–मोहबाट माथि उठेर भक्ति गर्छौ भने हाम्रो भक्ति गरेको सार्थक हुन्छ । भक्तिलाई प्रर्बल गर्नको लागि गुरुद्वारा प्रदान गरिएको पाँच

प्रण, नौ प्रकृतिलाई सधैं हृदंङ्गम गरेर भक्ति गर्नु पर्छ, त्यसमा कुनै प्रकारको स्वार्थ गन्ध आउनु हुँदैन । भक्तिमा सधैं अरुको भलाई निहित रहेको हुनु पर्छ । यस प्रकारले हामी भक्ति गर्दै जान्छौ भने हाम्रो अन्तर मनबाट नै शुकुन–शान्ति आउन थाल्छ र हाम्रो जीवन आनन्दले भरपूर भएर सुखमय हुन जान्छ, उहाँले प्रष्ट पार्नुभयो ।


उहाँले अगाडि भन्नुभयो कि सत्संग त हामी विभिन्न ठाउँमा गएर गरिरहेका छौ तर ज्ञानलाई पूर्णरुपबाट जीवनमा ढालेर त्यस मुताविक सत्संग गर्दैनौ, आफ्नो मनमानीले सेवा, सत्संग, सुमिरण गर्छौ भने त्यो सेवा, सत्संग, सुमिरण गरेको कुनै लाभदायिक हुँदैन । सत्संग गर्नुभन्दा ठुलो अरु कुनै कार्य नभएकोले सत्संगमा आउँदा चेतन भएर आउनु पर्छ र सन्तहरुका बाणीलाई सुनेर त्यस मुताविक जीवनलाई अगाडि बढाउनु

पर्छ । ब्रम्हज्ञानलाई जीवनमा सही तरीकाबाट ढाल्छौ भने हामीमा प्रेम, नम्रता, सद्भाव जागृति भएर कोहि आफ्नो–विरानो नदेखिएर एउटै परिवारका सदस्य मात्र देखा पर्छन् जसबाट एकत्वको भावना विकास भएर विश्व बन्धुत्वको सपनालाई साकार गर्न सकिन्छ, उहाँले बताउनु भयो ।

सत्संगको कार्यक्रम सन्त निरंकारी मण्डल नेपालको ३४औं वार्षिक साधारण सभा संचालन हुनुभन्दा एक दिन पहिले कुन्नुकाशीराम धर्मशालामा आयोजित गरिएको थियो जसमा मण्डलका केन्द्रीय पदाधिकारी लगाएतर नेपालभरिबाट आएका सन्त निरंकारी मण्डलका केन्द्रीय पदाधिकारी, सल्लाहकार, प्रमुख, मुखी, ज्ञान प्रचारक, क्षेत्रीय सेवादल संचालक, संचालक, सह–संचालिका, सत्संग इन्चार्ज, मिडिया

सहयोगीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा शान्ति सापकोटा, कृष्ण बहादुर थापा, श्रीराम जोशी, बिनिता एण्ड ग्रुप, महादेव भण्डारी, जय बहादुर साउँद, दीपक, कुशल के.सी., राम प्रसाद गुरुङ्ग, दिल बहादुर खड्का, डि.बी. गुरुङ्ग, धानी एण्ड गुप, भीम बहादुर थापा, कपिल, इंजिनियर झपट विश्वकर्मा, पुष्पा डांगी, नौरङ चौधरी, सपना एण्ड ग्रुप, राम दलाई, विजय कुँवर, शिव प्रसाद गोडिया, नर बहादुर

बि.क., नर बहादुर बटाला, झंकर विष्ट र बविता र प्रियाले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन कविराज रेग्मीले गर्नु भएको थियो । नेपालगन्जमा आयोजित साधारण सभामा आएका सन्त–भक्तहरुको खाने–बस्ने व्यवस्थाको सेवा स्थानीय नेपालगन्जका सन्तहरुले गरेका थिए ।

बिज्ञापन