Climate

बिहीबारबाट मौसममा क्रमिक सुधार हुने

बिज्ञापन

काठमाडौ, असोज १७ गते । मौसविद्ले बिहीबारबाट मौसममा क्रमिक सुधार हुँदै जाने बताउनुभएको छ ।

बिज्ञापन

जल तथा मौसमविज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार भोलि बिहानबाट मौसममा क्रमिक सुधार हुँदै जानेछ । बुधबार रातिदेखि नै वर्षा कम हुँदै जाने उहाँको भनाइ छ । आज भने दिनभर नै पानी पर्ने सम्भावना छ ।

उहाँले भन्नुभयो, “आज दिनभर नै देशभर पानी पर्ने सम्भावना छ । रातिदेखि वर्षा कम हुँदै जाने देखिन्छ । भोलि बिहानबाट मात्र मौसममा क्रमिक सुधार हुँदै जानेछ ।”

देशको पूर्वको तुलनामा पश्चिममा मौसम सुधारको बढी सम्भाना रहेको मौसमविद् झाको भनाइ छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशबाट विस्तारै मौसममा सुधार हुँदै जाने तर पूर्वमा भने अझै केही दिन आंशिक बदलीको सम्भावना छ ।

भारतको झारखण्ड आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले लुम्बिनी प्रदेशदेखि पूर्वतर्फ तीन दिनयता वर्षा भइरहेको छ ।

गत २४ घण्टामा सबैभन्दा बढी वर्षा लुम्बिनी, गण्डकी र बागमती प्रदेशका जिल्लाहरुमा रेकर्ड भएको छ ।

सबैभन्दा बढी पाल्पाको अर्चले र कुमालगाउँमा २०० मिलिमिटर वर्षा मापन भएको उहाँको भनाइ छ । यस्तै, दाङको बेलझुण्डी र मनिकापुर, ललितपुरको लेले, नवलपुरको गैंडाकोट र चितवनमा पनि भारी वर्षा मापन भएको छ ।

धान काट्ने र भित्राउने समयमा भएको वर्षाले किसानहरुलाई समस्या भएको छ ।

बिज्ञापन