आस्था /आध्यात्म

सन्त निरंकारी सत्संग भवन धनगढीद्वारा रक्तदान शिविरको आयोजना

बिज्ञापन

प्यार, एकता, सद्व्यवहार,
मानव एकताको आधार ।
धनगढी, १६ बैशाख । सन्त निरंकारी सत्संग भवन धनगढीद्वारा रक्तदान शिविरको आयोजना गरिएको थियो ।

बिज्ञापन


‘रगत नालीमा होईन, नाडीमा बगाओै’ भन्ने सत्गुरु बाबा हरदेव सिह जीको उपदेश जीवन मार्गको कर्म व्यवहारमा अभ्यासको सिलसिलामा आज सन्त निरंकारी सत्संग भवन धनगढीमा, धनगढी उपमहानगरपालिका कि उपप्रमुख कुन्दकला कुमारी रानाको प्रमुख आतिथ्यमा ‘मानव एकता दिवस’ को अवसरमा रक्तदान शिविर सम्पन्न भएको छ । रक्तदान शिविर कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रानाले सन्त निरंकारी मिशनको लामो इतिहास छ, जसले विशुद्ध रुपमा आध्यात्मिक विचारधाराको माध्यमबाट मानव कल्याणकारी कार्य गर्दै आएको छ । आज यस्तै संस्थाले चलाएको अभियानको खाँचो छ जसले मानवलाई सकरात्मक एकत्व प्रदान गरोस । आफ्नो साथ–सहयोग मिशनलाई रहने प्रतिबद्धता सहित उद्घाटन मन्तव्य राख्नु भएको थियो ।


हिन्दु धर्म परिषद धनगढी नगर अध्यक्ष महेन्द्र राज पन्तले सन्त निरंकारी मिशनको अनुकरणीय कार्यमा परिषद हातेमालो गर्न र्हाैसियको र सधै आफूहरु साथ रहने भन्दै शुभकामना दिनुभयो ।


कार्यक्रम कर्मयोगी सेवादल कविराज रेग्मीले संचालन गर्नु भएको रक्तदान शिविरमा रक्तदान गर्नको लागि ३५ जना इच्छुक भएपनि ५ जना महिला र १७ जना पुरुषगरि जम्मा २२ प्वाइन्ट रगत संकलन गरिएको थियो । सत्संग भवन धनगढी का मुखी प्रकाश सावदले मानव एकता दिवसको सन्दर्भ राख्दै उपस्थिति अतिथि र रेडक्रसका कल्याणकारी कर्मयोगी कर्मचारी, रक्त दान गर्ने इच्छुक रक्त दाता, उपस्थित सन्त महापुरुष एवं सेवादल सबैलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रम पछि सदाझै साप्ताहिक सत्संग कार्यक्रमको आरम्भ गरिएको थियो ।


मानव एकता दिवसको थालनी र सतगुरु बाबा गुरबचन सिंह जी, सेवादलको परिभाषा सेवा र कर्मले दिई सेवामा जीवन समर्पित गर्ने चाचा प्रताप सिहको र बाबा हरदेव सिंह जी महाराजले देखाएको जीवन मार्गको चर्चा–परिचर्चा र प्रतिबद्धता गीत, कविता र प्रवचनबाट व्यक्त गरिएको थियो । सत्संग पश्चात मानव अधिकार आयोग काठमाडौं कानुन महाशाखा उपसचिव झंकर रावल, मुखि प्रकाश सावद, झंकर बिष्ट र कविराज रेग्मीले रक्त दातालाई प्रशंसा प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
–झंकर विष्ट

बिज्ञापन