आस्था /आध्यात्म

दाङको तुलसीपुरमा वृहत सत्संग सम्पन्न

बिज्ञापन

दाङ, २९ जेठ । दाङको तुलसीपुरमा वृहत सत्संग सम्पन्न भएको छ ।

बिज्ञापन

गत शनिबार जेठ २७ गते दाङको तुलसीपुरमा अवस्थित सन्त निरंकारी सत्संग भवनमा आयोजित विशाल सत्संगलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले परमात्मा निराकार छ । यसलाई सत्गुरुको माध्यमबाट जान्न सकिन्छ । यो सबै ठाउँमा व्याप्त छ । यो नभएको ठाउँ कतै छैन । यहि ज्ञानको जानकारी भगवान शंकर जीले पार्वतीलाई गराउनु भयो, त्यस्तै गुरु वशिष्ट जीले भगवान रामलाई गराउनु भयो, भगवान श्रीकृष्णले अर्जुनलाई गराउनु भयो । अनेकौ युगमा जतिपनि अवतार अवतरित भए तिनीहरुले मानव मात्रलाई सन्देश दिए, उनीहरुको कल्याण गर्दै आए । परमात्मालाई जाने बिना मुक्ति सम्भव छैन । विभिन्न कर्म–काण्डबाट जीवनको मुक्ति सम्भव छैन । परमात्मालाई जान्नको लागि सत्गुरुको शरणमा आउनु अवश्यक छ, उहाँले बताउनुभयो ।

यदि सत्गुरु साकार रुपमा संसारमा अवतरित नभएको भए हामीलाई निराकारको ज्ञान हुने थिएन । आज सत्गुरुले जुन ज्ञान हामीलाई दिराख्नु भएको छ, त्यही ज्ञान हो भगवान श्रीकृष्णले अर्जुनलाई, गुरु वशिष्टले रामलाई, अष्टवक्रले राज जनकलाई दिएको । यस ज्ञानलाई प्राप्त गर्नु छ भने गुरुको चरणमा आउँदा ईष्र्या, अहंकार, लोभ, लालचलाई त्याग गरेर आउनु पर्ने छ तबमात्र हामी यस ज्ञानको सच्चा हकदार हुन सक्छौ उहाँले भन्नुभयो ।

आज परमात्मा कण–कणमा विराजमान छ तर यसलाई खोज्न मानव द्वार–द्वारमा ठक्कर खाई रहेको छ । जस्तै हिमाली क्षेत्रमा रहेको मृगको नाभीमा कस्तुरी हुने गर्दछ, त्यसलाई खोज्नको लागि मृग घास–घासमा दौडी रहेको हुन्छ, उसलाई थाह छैन कि कस्तूरी त मेरो नाभीमा नै छ । त्यस्तै प्रकारले आज मानव भगवानलाई पाउनको लागि अनेकौं प्रयास गरिरहेको छ तर परमात्मा त त्यसको अंग–संगमा नै छ, केवल त्यसलाई जान्नुको आवश्यकता छ । त्यसको जानकारी सत्गुरुको शरणमा आएर ब्रम्हज्ञान प्राप्त गरेर मात्र गर्न सकिन्छ । ब्रम्हज्ञानलाई प्राप्त गरिसकेपछि हामी सेवा, सत्संग, सुमिरण गर्दै जान्छौ भने हामीले पाएको मानव जीवनको कल्याण हुन सक्ने उहाँले बताउनु भयो ।

नेपालको मूल कानुन संविधानलाई मान्ने गरिन्छ साथै जातिय छुवाछूत सम्बन्धि अनेकौं कानुनमा कसैले जातिय छुवाछूतको भेदभाव गरेको खण्डमा त्यस्तो कार्य गर्ने व्यक्ति ठुलो सजायको भागिदारी हुन सक्ने भनेर उल्लेख गरिएको छ तर त्यसको व्यवहारमा भने लागु हुन सकिरहेको छैन । अझैपनि छुवाछूतको रुपमा हत्या, हिंसा जस्ता जघन्य अपराध भइरहेको बेला–बेलामा हामी सुन्दै आइहरेका छौ । आज सन्त निरंकारी मिशनमा कुनै प्रकारको जातिय छुवाछूतको भेदभाव भनौं वा रंग भेद, सानो–ठुलो, धनि–गरीब आदि कुनैपनि समाजमा विकृति फैलाउने जस्ता भेदभाव छैनन् । यहाँ सबै मानवहरु एउटै परमात्माका सन्तान हुन, सबै एउटै परिवारका सदस्य हुन । सबैले एकापसमा प्रेम–सत्कारको भावना राख्नु पर्छ भन्ने सन्देश निरंकारी मिशनले संसारलाई दिदै आएको कुरा उहाँले बताउनु भयो ।

भगवान रामबाट शबरीले नवधा भक्ति कसरी प्राप्त गरिन भन्ने विषयमा उहाँले प्रष्ट पार्दै सत्संगलाई पाउनु निकै दुर्लभ छ । यो भाग्यमानीले मात्र प्राप्त गर्न सक्छ, त्यस्ताले मात्र सत्संगको लाभ उठाउन सक्छ । सत्संगमा आएर नै ब्रम्हज्ञानको तत्व बुभिन्छ । यही आएर पापीको महापाप पनि नष्ट हुन्छ । त्यही सत्संग आज हामी गरिरहेका छौ । यही सन्देश निरंकारी मिशनले विश्वका मानवहरुलाई दिएर जागृत गराई रहेको छ । सत्गुरुले हामीलाई दिव्य चच्छु प्रदान गर्नुभयो जसको कारण हामीले परमात्मालाई प्रत्येक्ष देख्न सकिरहेका छौ । आफ्नो अंग–संगमा भएको अनुभूति गर्न सकिरहेका छौ । ब्रम्हज्ञान प्राप्त नगर्नुभन्दा पहिले हामी पनि द्वार–द्वारमा भौतारि रहेका थियौ । नौ प्रकृतिलाई ईश्वर मानेर त्यसको पूजा गरिरहेका थियौं, जसलाई परमात्माले रचना गरेको थियो, जुन अटल, अविनासी, अडोल छैन, एक न दिन तिनीहरुको विलय अवश्य हुने छ । अटल, अविनासी, अडोल त यो निराकार–परमात्मा मात्र छ जसलाई हामी सनातनि भनेर भन्छौ, त्यसको जानकारी आज छ हामीलाई सत्गुरुको कृपाबाट प्राप्त भयो । पहिले हामी कागजमा लेखिएको कुरालाई भनिरहेका थियौं तर आज सत्गुरुको कृपाबाट प्रत्येक्ष अनुभवको कुरा गरिरहेका छौ, उहाँले सम्झाउनु भयो ।

अन्तमा उहाँले भन्नुभयो कि समय हामीसंग निकै थोरै छ, यस मानव योनिमा आएर पनि समयको महत्वलाई बुझेनौ भने मानव योनि पाएको ब्यार्थ हुने छ । सत्संगमा आउँदा हाम्रो ध्यान पूरा सत्संगमा नै केन्द्रित हुनु पर्दछ, केवल शरीर मात्र सत्संगमा छ र मन भने कतै बाहिरतिर नै डोलयमान भइरहेको छ भने सत्संगमा आएको कुनै उपलब्धि हुन सक्दैन । ब्रम्हज्ञान लिएको कुनै सार्थक हुन सक्दैन । सत्संगमा आएर सन्तहरुका एक–एक बाणीलाई यदि हामी आफ्नो जीवनमा लागु गर्छौ भने जिउँदै हामी मुक्तिका हकदार हुन सक्छौ, उहाँले बताउनु भयो ।

त्यस्तै प्रकारले त्रिवेणी गाउँपालिका रोल्पाका उपाध्यक्ष लेखमणि डांगीले सन्त निरंकारी मिशन सबैको साझा फूलवारी हो । यो सबै वर्ग, जातिका मान्छेहरुको साझा मंच हो । यसमा संसारका सबै मानवहरु अटाउन सक्ने र मिलेर बस्न सकिन्छ । एउटै परमात्मा निराकारलाई मानेर यहाँ सबैसंग एउटै परिवारको सदस्यको जस्तो व्यहार गरिन्छ विश्व भाइचारको सन्देश दिने गरिन्छ । निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई एक विशुद्ध आध्यात्मिक विचारधार भएको उहाँले बताउनु भयो ।

सत्संगको विशेष आयोजना दाङ जिल्लाकी मुखी शारदा जि.सी. तथा दिन बहादुर जि.सी. जीकी नातिनी तथा सनत जि.सी. र शमिक्षा जि.सी. की सुपुत्रीको नामाकरणको अवसरमा गरिएको थियो, जसको नाम श्रृष्टि जि.सी. राखिएको थियो । सत्संगमा सबै सन्त–भक्तहरुले श्रृष्टिको उज्जवल भविष्यको कामना तथा स्वास्थ्य लाभको भरपूर आशीर्वाद दिएका थिए ।

सत्संग कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल के.सी., त्रिवेणी गाउँपालिका रोल्पाका अध्यक्ष कर्ण बहादुर बाँठा, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमाल, क्न्द्रीय सदस्य दल बहादुर राना, भारतको उत्तर प्रदेश गोडाबाट आउनु भएका ज्ञान प्रचारक कैलाश सोनी, दाङकी मुखी शारदा जि.सी., सेवादल शिक्षक भवन सिंह, गायक तेज बोहरा, सन्त निरंकारी नेपाली मासिक पत्रिकाका सम्पादक पूर्ण कुमाल, मुप ब. रउले, गुञ्जन, गोविन्द, चेतना, लेख बहादुर, क्षेत्र बहादुर, हर्क, सूचना, पूर्ण, रोकेश, दिन बहादुर, रेशम भट्टराई, विणा पाण्ड्, लक्ष्मी, सुमित्रा, उपेन्द्र, गुञ्जन, अनिता, गोमा, चित्राm चन्द्रा, रुपा, झरना मगर आदिले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव राखेका थिए भने कार्यक्रमको संचालन पुष्पा डांगीले गर्नुभएको थियो । सत्संगमा दाङ, रोलपा, सल्यान, प्यूठान, सुर्खेत र कैलालीबाट सन्तहरुको उत्हावर्धक सहभागिता रहेको थियो ।

बिज्ञापन