राजनीति

सत्ता गठबन्धनको बैठक आजः पुन बस्दै

बिज्ञापन

काठमाडौ । सत्ता गठबन्धनको बैठक बुधबार पुनः बस्दैछ । गएराति अबेरसम्म चलेको बैठकले पनि वैशाख ३० गतेको चुनावमा भागबण्डाको विषयमा अन्तिम निर्णय लिन नसकेपछि बुधबार बिहान ११ बजे पुनः बैठक बस्ने भएको हो । सत्ता गठबन्धन दलमा विशेषगरी महानगर र उपमहानगरको विषयमा सहमति करिब जुटिसकेको बताइएको छ। अन्य विषयमा पनि सहमति जुटाउन होमवर्क चलिरहेको नेताहरुको भनाइ छ ।

बिज्ञापन

गठबन्धनभित्र तीन महानगरपालिका र ७ वटा उपमहानगरपालिकामा काँग्रेसले मेयर पाउने मोटामोटी सहमति भएको छ । महानगरपालिका काठमाडौं, ललितपुर र विराटनगर काँग्रेसको भागमा परेको छ । यस्तै उपमहानगरमा इटहरी, धरान, कलैया, नेपालगञ्ज, धनगढी, बुटवल र तुल्सीपुरको मेयर पनि काँग्रेसले पाउने सहमति भएको छ ।

यता महानगरतर्फ माओवादी केन्द्रले भरतपुर तथा एकीकृत समाजवादी पार्टीले पोखरा र जनता समाजवादीले वीरगञ्ज पाउने भएका छन् । माओवादी, समाजवादी र जसपाले प्रमुख पाएको महानगरमा काँग्रेसले उपमेयर पाउने सहमति भएको पनि काँग्रेसका एक नेताको भनाइ छ ।

यसैगरी काठमाडौँमा एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार हुनेछन् । विराटनगरमा जसपाले तथा ललितपुरमा माओवादीले उपमेयर उठाउने गरी सहमति भएको छ । ती नेताका अनुसार समाजवादीले हेटौंडा उपमहानगरपालिका पाउँदा जसपाले जनकपुरधाम पाएको छ । यी बाहेकका दुई उपमहानगरमा माओवादीले पाउने निश्चित भएको छ । बाँकी उपमेयरलगायतका भागबण्डाबारे आगामी छलफलबाट टुंगो लगाइने नेताहरुको भनाइ छ ।

बिज्ञापन