राजनीति

डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ : देउवा

बिज्ञापन

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउन सकिने बताएका छन् । चुनावी दौडधुपमा गृहजिल्ला पुगेका देउवाले मंगलबार अमरगढीमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

बिज्ञापन

‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ’ देउवाले भने, ‘पहिला डडेल्धुरामा र डोटीमा संरचनाहरु थिएनन् । त्यसकारण राजधानी बनाउन सकिएन। अब संरचनाहरु निर्माण गर्छौ । त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ ।’ डडेल्धुरामा विमानस्थल र सिटीहल निर्माण गर्ने बताउँदै प्रदेशको राजधानी पनि डडेल्धुरा नै बनाउने उनको दाबी छ ।

बिज्ञापन