राजनीति

प्रचण्ड भारत भ्रमणमा जानुअघि बालुवाटारमा सत्ता गठबन्धनको बैठक

बिज्ञापन

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण जानुअघि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

बिज्ञापन

प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी बैठकमा प्रचण्डको भारत भ्रमणलगायतका विषयमा छलफल भइरहेको बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजै भारत भ्रमणमा जाँदै छन् । सरकार प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन घोषणाको तयारीमा रहेका बेला हुन लागेको प्रचण्डको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ । 

त्यस्तै, बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे छलफल हुने एक नेताले जानकारी दिए । सरकारले शुक्रवार बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेश गर्ने तयारी गरेको छ ।

बिज्ञापन