राजनीति

विभाजनमा बाबुरामलाई नाफा, एक सांसद थपिए

बिज्ञापन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा आजबाट विभाजित हुनेभएका छन् । अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा बोलाएको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले काठमाडौंमा बोलाएको केन्द्रीय समितिको विस्तारित बैठक भने आज सकिँदैछ ।

बिज्ञापन

दुई समूहले अलगअलग केन्द्रीय कमिटी बैठक बोलाएपछि विभाजनले औपचारिकता पाएको हो । बाबुराम भट्टराईले अध्यक्ष यादवलाई भेटेर सँगै जान नसक्ने बताएपछि उनीहरुवीच दुईधार देखिएको थियो । एकता भनेका दुई बर्षमै उनीहरुवीच विभाजन हुन लागेको हो ।


बाबुराम भट्टराईलाई भने एकतापछिको विभाजनमा केही फाइदा भएको छ । हिजो आफू एक्लै जसपामा पुगेका बाबुरामले अहिले अरु सांसदसहित नयाँ पार्टी बनाउने स्थितिमा पुगेका छन । हिजोका दिनमा सासद एक्लो रहेका बाबुरामको साथमा महेन्द्रराय यादवले पनि साथ दिएपछि दुइजना सांसद भएका छन् । यसवीचमा राजकिशोर यादवले पनि साथ दिने चर्चा गरिएको थियो । तर, हिजोबाट सुरु भएको बाबुराम भट्टराईको विस्तारित बैठकमा राजकिशोर यादवलाई भने देखिएको थिएन ।


त्यसैले, उनले अन्तिम समयमा विभाजन नचाहेको टिप्पणी हुन थालेको छ । राजकिशोर यादवले बाबुरामसँग लागेर भन्दा पनि उपेन्द्रकै साथबाट चुनाव जित्ने संभावना भएका कारणले उनले यादवको साथ नछोडेको चर्चा भइरहेको छ । बाबुरामलाई साथ दिनेमा अधिकांश नयाँ सदस्यहरु भने उपेन्द्र यादवका भन्दा पनि महन्थ ठाकुर नजिक रहेका नेताहरु रहेका छन् । महेन्द्र राय यादव पनि महन्थ ठाकुरनिकट नेता हुन् । उनी बाबुरामकै प्रयासमा जसपा विभाजनमा उपेन्द्र यादवतिर लागेका थिए । उपेन्द्र यादवले कृषि मन्त्रीबाट फिर्ता बोलाएपछि थप रुष्ट भएर बाबुरामतिर लागेका हुन् 

बिज्ञापन