घटना समाचार

स्वर्ण पदक विजेता सञ्जुले गरिन आत्म हत्या

बिज्ञापन

काठमाडौं । नेपालका लागि स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी मगलबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन् । मर्नुअघि सञ्जुले आफ्नो फेसबुकमा हिन्दी टेलीसिरियलको सानो भिडियो सेयर गर्दै मिसिङ यु लुभु लेखेकी थिइन् ।

बिज्ञापन

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता सिद्दिविक्रम शाहका अनुसार चौधरी ललितपुर लुभु स्थित सन्जय महर्जनको घरमा मृत भेटिएकी हुन् ।

सन्जय भारत्तोलनका कोच पनि हुन् । बाँके नेपालगन्जकी सञ्जु कोचको घरमा डेरा लिएर बसेको कोठाभित्रै ढोका भित्रबाट लक गरेको अवस्थामा सलले घाँटी कसेर झुण्डियको अवस्थामा बिहान ६ बजे मृत फेला परेकी थिइन् । सञ्जु उक्त घरमा एक महिनादेखि कोठा लिएर बसेकी हुन् ।

शाहका अनुसार चौधरीको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । उनको मोबाइल लगायतका सामाग्री फरेन्सिक ल्याबमा पठाइएको छ । के, कति कारणले आत्महत्या गरिएको हो भन्ने खुलेको छैन ।

नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीका अनुसार २४ वर्षीया सञ्जुले ६ महिनाअघि मात्र नेपाल प्रहरीबाट राजीनामा दिएकी थिइन् । केही महिना करारमा काम गरेकी उनले केही समयपछि नेपाल प्रहरिको कार्यालय सहयोगी पदमा जागिर खाएकी थिइन् ।

केसी भन्छन्, ुउनले किन प्रहरीको जागिर छाडिन् भन्ने खुलेको छैन । केही बेटर अवसर पाएर हुन सक्ने अनुमान छ । भारत्तोलनमा आउनुअघि सञ्जु क्रिकेटलगायत अन्य केही खेलमा पनि सहभागी थिइन् । पुलिस छाडेपछि पछिल्लो समय उनले आर्मीको टिमसँग रहेर प्रशिक्षण गर्थिन् ।

उनले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् ।

प्रशिक्षक महर्जनको घरमा आयोजित रात्री भोजमा सामेल भएकी उनी बिहान मृत भेटिएकी हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । एसियाली खेलकुदको तयारीका लागि केही दिन अगाडि मात्र उनी काठमाडौं आएकी थिइन् ।

१३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत भारोत्तोलन प्रतियोगितामा नेपालकी सञ्जु चौधरीले स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन् । महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण इतिहास रचेकी थिइन् ।

पोखरा माटेपानीस्थित एसआर केसी बैंक्वेटमा भएको प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान ९स्न्याच, क्लीन एण्ड जर्क तथा टोटलतर्फ० का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन् ।

बिज्ञापन