June 7, 2023

मालिका समाचार

देशकाे ऐना

नेपालमा भौतिक रुपमा सत्संग आरम्भ

टीकापुर, २१ फाल्गुन । नेपालमा भौतिक रुपमा सत्संगको आरम्भ भएको छ । करिब दुई वर्षपछि सन्त निरंकारी मण्डल नेपालले भौतिक रुपमा आफ्ना नेपाल अधिराज्यभरि रहेका १३८ भवनहरुमा आजबाट विधिवत रुपमा सत्संगको आरम्भ गरेको छ ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

यसै क्रममा सन्त निरंकारी मण्डल नेपालको टीकारपुरमा रहेको भवनमा शनिबार आयोजित भौतिक सत्संगमा संयौं सन्त–भक्तहरुको उत्सावर्धक सहभागिता रहेको थियो ।
सन्त निरंकारी मण्डल नेपालका प्रधान नरबहादुर रावलले भन्नुभयो– ‘आज हामी करिब दुई वर्षपछि यसरी भौतिक रुपमा एकत्रित भएर सत्संग गर्ने अवसर सद्गुरु माता सुदीक्षा जी महाराजको असिम कृपाबाट प्राप्त भएकोमा उहाँलाई धेरै धन्यवाद छ ।’ उहाँले अगाडि भन्नुभयोकि २०७६ साल चैत्र ११ गतेबाट नेपालमा लक डाउनको शुरुवात भएको थियो ।

यस बिषम् परिस्थितिमा हामीलाई घरमै बसेर सुमिरण गर्ने भन्ने सद्गुरुबाट आदेश आयो र हामी सबै सन्तहरु आ–आफ्नो घरमै बसेर सुमिरण गर्न थाल्यौं । त्यसको केहि समयपछि पुनः सद्गुरुबाट अर्को आदेश आयोकि अब हामी सबै मिलेर भच्र्युवल रुपमा सत्संग गर्ने भनेर । त्यसपछि सबै सन्त–महापुरुष जो प्रत्येक गाउँ, क्षेत्र, जिल्ला, प्रदेश आदि ठाउँमा बसोबास गर्थे तिनीहरुलाई अनलाईन मार्फत भच्र्युवल सत्संगसंग जोडियो । पछि गएर यस भच्र्युवल सत्संगले अन्तराष्ट्रिय रुप लियो जसमा विश्वका विभिन्न देशमा बसोबास गर्ने सन्त–भक्तहरु यस भच्र्युवल सत्संगमा जोडिनुभयो ।

विज्ञापन

यसबाट विश्वमा छरिएर रहेका सन्त–महापुरुषहरुको दर्शन गर्ने मौका पाइयो साथै ज्ञान चर्चाको माध्यमबाट अमूल्य ज्ञान धाराको रस लुट्ने सुवर्ण अवसर पनि प्राप्तभयो । भच्र्युवल सत्संगले विशाल रुप लिसकेपछि दिल्लीमा प्रत्येक वर्ष आयोजित हुँदै आएको अन्तराष्ट्रिय निरंकारी सन्त समागम पनि अनलाईन मार्फत भच्र्युवल रुपमा दिल्लीको ७३÷७४औं निरंकारी सन्त समागमको भरपुर आनन्द लिने आवसर प्राप्तभयो, त्यस्तै प्रकार महाराष्ट्रमा प्रत्येक वर्ष आयोजित गरिने निरंकारी सन्त समागममा पनि यसै भच्र्युवल रुपबाट आनन्द लिने मौका मिल्यो । भर्खरै गत महिना महाराष्ट्रको ५५औ निरंकारी सन्त समागम सम्पन्न भएको कुरा हामी सबैलाई थाहै छ । यो सबै सद्गुरु माता जीको असिम कृपाबाट नै प्राप्त भएको हो ।

सद्गुरुको छत्रछायामा लगभग ६० देशमा सद्गुरु माता जीले कल्याण यात्राको रुपमा सन्त समागम रचाउनुभयो । यसमा हामीलाई एशियन देशको रुपमा हाम्रो पनि पालो आयो जसमा शुभ आशीर्वाद प्राप्त गर्नुको साथै आफ्नो देशको वस्तु स्थितिको बारेमा केहि कुरा राख्ने मौका मिल्यो । यसैगरि सद्गुरु माता जीले भारतका विभिन्न ठाउँहरुमा प्रान्तिय सन्त समागमको पनि आयोजना गर्नुभयो त्यसबाट पनि शुभ आशीर्वाद लिने अवसर प्राप्तभयो ।

उहाँले अगाडि भन्नुभयो कि ती सन्त–महात्मा मात्र यस सत्संगमा सधैं टिक्न सक्छन् जसले यस ब्रम्हलाई प्राप्त गरेर गुरुप्रति अपार विश्वास र यस परमात्मा प्रति समर्पित भएर ज्ञानलाई भक्तिमा उतार्न जसलाई गुरुको कृपा भएको छ ती सन्त–महात्मा मात्र यहाँ टिक्न सक्ने बताउनुभयो । जो सम्पत्ति आर्जन गर्न वा आफ्नो पीडाबाट छुटकारा पाउन सत्संगमा आएर आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्य राखेका हुन्छन्, त्यस्ता व्यक्तिहरु कहिल्यै यस सत्संगमा टिक्न नसक्ने बताउनुभयो । जो जिज्ञासु हुन्छ, जसले परमात्मा–निरंकारलाई जानेर यस सत्संगमा आवद्ध हुन्छ भने उसले मानव योनिलाई सार्थक गर्न यस सत्संगसंग आवद्ध हुने गर्दछ ।

उक्त अवसरमा टीकापुर भवनका मुखी महादेव भण्डारी, क्षेत्रिय संचालक नरबहादुर बटाला, संचालक बजीर सिंह सार्की, प्रह्लाद रावल, ईन्द्र सिंह, सन्त निरंकारी नेपाली मासिक पत्रिकाका सम्पादक पूर्ण कुमाल लगायत टीकापुर क्षेत्रका विभिन्न ठाउँबाट आएका सन्त–भक्तहरुले आ–आफ्नो भाव तथा भक्ति गीत प्रस्तुत गरेका थिए भने सत्संगको कार्यक्रमको संचालन प्रकाशमान ठकुल्लाले गरेका थिए । यस अवसरमा सत्संगमा सहभागी सबै सन्तहरुलाई भण्डाराको व्यवस्था मुखी महादेव भण्डारीले गर्नु भएको थियो ।