माघ ,४
कोरोना महामारीका कारणले लामो समयदेखि अनलाइन कक्षामा पढदै आएका काठमाडौं उपत्यकाका विद्यार्थी आइतबारदेखि विद्यालय आउन थालेका छन् ।

लामो समय बन्द भएका धेरै विद्यालयले असारबाट अनलाइन कक्षा सञ्चालन गर्दै आएका थिए । आइतबारदेखि विद्यालयमै भौतिक उपस्थितिमा पढाइ सुरु भएको हो ।
विद्यालयमा अनिवार्य मास्क लगाउने गरिएको छ । विद्यार्थीहरुका तापक्रम जाँच गर्नेदेखि कक्षा कोठामा भौतिकदुरी कायम गरेर पठनपाठन गराउने अभ्यासलाई पनि विद्यालयले पछ्याएका छन् ।

ग्रामिण र सहरी क्षेत्रका विद्यालय भने पुसबाटै खुलेपनि काठमाडौ उपत्यकाका विद्यालयहरुले अनलाइनबाटै कक्षा सञ्चालन गर्दै आएका थिए । उपत्यकाका स्थानीय तहले माघ १ बाट विद्यालय खोल्ने अनुमति दिएसँगै धेरै विद्यालय आइतबारदेखि खुलेको।
करिब १० महिनापछि विद्यालयमा आउँदा विद्यार्थी हर्षित छन् । अभिभावक पनि हर्षित नै भएर विद्यार्थीलाई विद्यालयमा पठाइरहेका छन्,’निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टिकाराम पुरीले बताए ।
अन्य समाचारहरु
टीकापुरको खड्ग चौकमा नगरपालिकाद्वारा हाइमास्ट लाइट जडान.
११करोड ३६ लाखमा निर्माण भएको अत्याधुनिक बसपार्क आजबाट सुचारु
स्थानीय युवाको सक्रियता चाप्टेमा काठेपुल निर्माण