विकास

काठमाडौं उपत्याका सबै सरकारी अस्पतालमा कोभिड उपचार

बिज्ञापन


असोज ,२७
कोरोना संक्रमित बढदै गर्दा सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ।संक्रमित बढन थालेपछि सरकारले थप कोभिड अस्पतालको व्यवस्था गर्न लागेको हो ।

बिज्ञापन


यस्तैगरी मन्त्रालयले उपत्यकाका अस्पताललाई हाल आकस्मिक बाहेकको नियमित शल्यक्रिया नगर्न निर्देशन समेत दिएको छ। कोभिड संक्रमितको अवस्था नियन्त्रण हुँदै गएपछि मात्र आकस्मिकबाहेकको नियमित शल्यक्रिया गर्ने भनिएको छ।


स्वास्थ मन्त्रालयका सहप्रवक्त डा. समीरकुमार अधिकारीले भने ,हाललाई स्वास्थ्यसेवा विभागसंग रहेका आईसीयु , भेन्टिलेटर ,अक्सिजन आदि उपचारमा आवश्यक सामाग्री उपत्यकाका अस्पतालहरुमा केन्द्रिय भएर व्यवस्थापन गरिने छ।


यस्तै यसअघि सरकारले तोकेका अस्पतालमा मात्र कोरोना संक्रमितका लागि आइसोलेसन र भेन्टिलेटरसहितको व्यवस्था थियो । अब भने सबै सरकारी अस्पतालले कोरोना संक्रमितको उपचारका लागि काम गर्नुपर्ने छ। नियमित उपचार सेवा पनि जारी राखेर अस्पतालहरुले कोभिड उपचारका लागि छुट्टै व्यवस्थापन गर्नुपर्ने छ।


क्वारेन्टाइनमा रहदा कोभिड- १९ संग मिल्ने कुनै लक्ष्ण नभए मात्र यात्रा गर्ने अन्यथा यात्रा स्थगित गरेर स्वास्थ्यकर्मीको निगरानिमा रहनुपर्नेछ।गन्तव्यमा पुगेपछि पनि अनिवार्य ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए ।


मन्त्रालयले कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र दहचोस्थित मनमोहन अस्पताललाई लक्ष्ण भएका कोरोनाका बिरामी राखने निर्णय पनि गरेको छ।हाल दुबै अस्पतालमा आइसोलेसन केन्द्र छ्न ।


मन्त्रीपरिषदले स्वीकृत गरेको कोभिड -१९ को उपचारबापत अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश २०७७ कात्तिक १ बाट कार्यान्वयन गर्ने निर्णयसमेत आईसीएसले गरेको छ।

बिज्ञापन

Leave a Reply