घटना समाचार

सेती नदिमा हाम फालेर किशोरी बेपत्ता

बिज्ञापन

बुधबार दिउँसो १ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर २ नारनथान नजिक रहेको पुलबाट एक जना किशोरीले सेती नदीमा हाम फालेर बेपत्ता भएकी हुन् ।

बिज्ञापन

धादिङ जिल्ला घर भई हाल पोखरा १ अधिकारी टोल डेरामा बस्दै आएकी बस्दै आएकी १८ वर्षीय कञ्चन अवस्थी सेती नदीमा पुलबाट हाम फालेको कास्की प्रहरीले जानकारी दिएको छ ।

उनले सेतीमा हाम फाल्नुको कारण भने खुलेको छैन। पृथ्वीनारायण क्यापसको अध्ययन गर्ने परिचय कार्डसमेत उक्त ठाउमा भेटिएको प्रहरीले जनाएको छ । किशोरीले सेतीमा हाम फालेपछि तत्काल उद्धारका लागि रेस्क्यु टोली खटिएर खोजी कार्य जारी गरेको छ।                                    स्रोत समय नेपाल टिभी 
बिज्ञापन