अर्थ

सहकारी, लघुवित्त र बैंकबारे गम्भीर कदम चाल्दै सरकार

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने बताएका छन् ।

बिज्ञापन

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने– ‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए। मुख्यतः ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको थियो। तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन्। सहकारीहरूमा पनि समस्या देखिएका छन्। यिनीहरूको बृहत समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरूरी छ ।’

‘बैक तथा वित्तीय संस्थाहरूको समीक्षा आवश्यक छ। त्यसरी मात्र हामीले व्यवस्थित र वैज्ञानिक नीति तय गर्न सक्छौँ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘केही दिनमै बैंक, वित्तीय संस्था र सहकारीहरूको बृहत समीक्षा बैठक बोलाउने सोच्दैछु । बृहत समीक्षा गरेर यस क्षेत्रका समस्या पहिचान र समाधान गर्छौं ।’

बैठकमा प्रधानमन्त्रीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुमा अनेक समस्या देखिएको छ । बैंक तथा वित्तिय संस्थाहरुका कारण आम नागरिकले अनेक सास्ती भोग्नु परेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला सरकारले विशेष कदम चाल्न लागेको बुृझिाएको छ ।

समस्या समाधानका लागि गम्भीर कदम चाल्ने तयारीमा रहेका प्रधनमन्त्रीले बैंक, सहकारी र लघुवित्तहरुसँग विशेष समीक्षा गर्न लागेका हुन् ।

बिज्ञापन