राजनीति

पहिचान नदिए बन्दुक उठाउँछौं- गोपाल किराती

बिज्ञापन

मोरङ । पहिचानवादी नेता तथा पूर्वमन्त्री गोपाल किरातीले पहिचानको आन्दोलनको मुद्दालाई सम्बोधन नगरिए बन्दुक उठाउने चेतावनी दिएका छन् ।

बिज्ञापन

प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै आज विराटनगरमा भएको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै किरातीले पहिचानलाई दबाबउ खोजिए बन्दुक उठ्नसक्ने चेतावनी दिएका हुन् ।

नेता किरातीले भने– ‘प्रदेशवासीले अतिरिक्त अधिकार नभई पहिचान माग गरेका हुन् । त्यसलाई रोक्न खोजिए पुनः बन्दुक उठ्नसक्छ । यस विषयमा हेक्का होस ।’

नेता किरातीले पहिचान अस्वीकार गर्ने राजनीतिक दल र सरकार विगतमा राजतन्त्र फालिएजसरी फाल्न सकिने समेत बताएका छन् ।

नेता किरातीले भने– ‘श्री ५ सरकार जसरी मिल्काइयो, कोशी प्रदेश सरकारको साइनबोर्ड त्यसैगरिमिल्काउँछौं । पहिचान आन्दोलन पूर्वबाट सुरु भएकोमा देशभरी फैलनेछ ।’

विगतमा किरात वर्कस पार्टी बनाएर किरात प्रदेशको लागि भन्दै सशस्त्र आन्दोलन गरेका किरातीले पछि वर्कस पार्टीलाई माओवादीमा एकीकरण गराएका थिए । अहिले पनि माओवादी केन्द्रबाट अलग भएर छुट्टै अभियान चलाइरहेका छन् ।

बिज्ञापन