राजनीति

उपनिर्वाचन : यी हुन् तीनवटै क्षेत्रमा एमालेका उम्मेदवार

बिज्ञापन

काठमाडौं । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ ।

बिज्ञापन

एमालेले प्रतिनिधिसभा अन्तर्गत तीन निर्वाचन क्षेत्र चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको हो ।

जसअनुसार चितवन २ मा रामप्रसाद न्यौपाने उम्मेदवार रहनेछन् । यस्तै, तनहुँ-१ मा सर्वेन्द्र खनाल र बारा-२ मा पुरुषोत्तम पौडेल उम्मेदवार बन्नेछन् । उपनिर्वाचनका लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि रिक्त रहेको चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो ।

यस्तै, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ-१ र उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएपछि बारा-२ मा उपनिर्वाचन हुन लागेको हो ।

बिज्ञापन