टीकापुर

राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरुलाई आचार संहिताबारे जानकारी

बिज्ञापन

टीकापुर । टीकापुरस्थित निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरुलाई आचार संहिताबारे जानकारी गराएको छ ।
हिजो टीकापुरमा आयोजित एक कार्यक्रममा टीकापुरका निर्वाचन अधिकृत पुष्कर खडकाले निर्वाचनमा भाग लिने तयारीमा रहेका राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरुलाई आचार संहिताबारे जानकारी गएका थिए । उहाँले वडासदस्यदेखि मन्त्रीसम्म, सबै कर्मचारी र मतदातासमेतलाई आचारसंहिता लाग्ने जानकारी गराउनु भएको छ ।

बिज्ञापन

उहाँले भन्नुभयो— ‘विद्यालयमा निर्वाचन सम्वन्धी कुनै पनि कार्यक्रम गर्न नपाइने र उम्मेदवार र मतदाताले निर्वाचन चिन्ह अंकित कुनै पनि सामग्री कार्यापालिका सदस्य र मन्त्रीले प्रयोग वा प्रदर्शन गर्न नपाईने र यस्ता सामग्री कुनै व्यापारीले बिकेरी वितरण पनि गर्न नपाइने व्यवस्था रहेको,’ बताउनुभएको छ । त्यस्तै निर्वाचन अवधिभर मन्त्री तथा स्थानीय तहका कार्यपालिका सदस्यहरुले कुनै पनि दलका उम्मेदवारको प्रचारप्रसार गर्न नपाइने, उद्घाटन, शिलान्यास गर्ने वा अनुदान दिने कार्यक्रम गर्न नपाईने बताउनुभयो । आचार संहितामा सबै सरकारी र अर्ध सरकारी संस्थाका कर्मचारीले कुनै दल वा उम्मेदवारको पक्ष विपक्षमा मत माग्न, कुनै सूचना सामग्री पोष्ट गर्न वा शेयर गर्न नपाइने व्यवस्था गरेको उल्लेख गर्नुभयो ।

यस्तै प्रकार संचारको हकमा सञ्चार माध्याम र पत्रकारले कसैको पक्ष विपक्षमा फेसबुक, टुइटर, यूट्यूव तथा सामाजिक सञ्जालमा शेयर लाइक कमेन्ट गर्न नपाइने व्यवस्था रहेको प्रष्ट पार्नुभयो । यस्तै राजनीतिक दलको हकमा राजनीतिक दलले सवारी साधन प्रयोग गर्दा मोटरसाइकल, रिक्सा वा चारपाङ्गे्र गरी बढीमा दुई वटा मात्रै प्रयोग गर्न पाने व्यवस्था रहेको बताउनुभयो । टीकापुरमा प्रचारप्रसारको समय विहान ८ बजेदेखि साँझ ७ बजेसम्म हुनेछ ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयनको काम बैशाख ११ र १२ गते विहान १० बजेदेखि ५ बजेसम्म रहेको र मनोनयन दर्ता गर्दा प्रमुख, उपप्रमुखका लागि एक हजार पाँच सय, वडाध्यक्षका लागि एक हजार र सदस्यहरुका लागि ५०० शुल्क लाग्ने भएको छ ।

उक्त कार्यक्रममा नेपाली काँगे्रस, नेकपा माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, नागरिक उन्मुक्ती पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल लोकतान्त्रि पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरुको पनि उपस्थित रहेको थियो ।

बिज्ञापन