घटना समाचार

ग्लोबल ओरियन्स नेपाल प्रा.लि. को नामबाट ठगी गर्ने ८ जना पक्राउ

बिज्ञापन

टीकापुर, ६ चैत्र । ग्लोबल ओरियन्स नेपाल प्रा.लि. को नामबाट ठगी गर्ने पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यलय टीकापुरमा ठगीको उजुरी आएपछि प्रहरीले ८ जना ठगी गर्नेलाई पक्राउ गरेको हो ।

बिज्ञापन

१. पक्राउ पर्नेहरुमा १.जिल्ला कैलाली टीकापुर न.पा. वडा नं. ५ बस्ने बर्ष ३३ को लालबिर चौधरी
२.जिल्ला दैलेख चामुण्डा बिन्द्रासैनी न.पा. वडा नं.४ बस्ने बर्ष २० को डेकेन्द्र बहादुर बि.क. ।
३. ऐ.ऐ. वडा नं. ८ बस्ने बर्ष १९ को रबिन्द्र बोहरा ।
४. ऐ. ऐ. बस्ने बर्ष १८ को भरेश शाही ।
५. जिल्ला दैलेख दुल्लु न.पा. वडा नं. ९ बस्ने बर्ष १९ को खगेन्द्र जैशी ।
६. ऐ. आठबिस न.पा. वडा नं. १ बस्ने बर्ष २५ को जितेन्द्र बि.क. ।
७. ऐ.ऐ. बस्ने बर्ष २३ की दुर्गा बि.क. ।
८. ऐ.ऐ. वडा नं. ३ बस्ने बर्ष २० की बर्षा बडुवाल रहेका छन् ।

ग्लोबल ओरियन्स नेपाल प्रा.लि. शाखा कार्यालय टीकापुर कैलालीको कर्मचारीहरु हौं, यस कम्पनीमा नोकरी लगाई दिन्छौ, आकर्षक लाभांश दिलाई दिन्छौ भनि फेसबुकबाट चिनजान गरि टीकापुर बोलाई मिति २०७९/०९/१५ गते देखि बिभिन्न मितिमा प्रति व्यक्ति रु.४०,०००।– देखि रु. १,२०,०००।– ( एक लाख बिस हजार ) सम्म नगद रकम संकलन गरि ठगी गरेको भन्ने समेत व्यहोराको जाहेरवाला चिरन्जिबी बुढा समेतले ईलाका प्रहरी कार्यलय टीकापुरमा दिएको ठगी सम्बन्धी कसुरको जाहेरी दरखास्तको आधारमा मुद्दा दर्ता भई मिति २०७९/१२/०३ गते जिल्ला दैलेख चामुण्डा बिन्द्रासैनी न.पा. वडा नं. ४ तिलुखाना बस्ने बर्ष २० को डेकेन्द्र बहादुर बि.क. लाई पक्राउ गरी मिति २०७९/१२/०५ गते सम्मानित कैलाली जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती प्रदान भई अनुसन्धान भईरहेकोमा सोही घटनामा संलग्न रहेका थप प्रतिवादीहरुको नाममा सम्मानित कैलाली जिल्ला अदालतबाट पक्राउ अनुमती समेत प्रदान भई उनीहरुलाई मिति २०७९/१२/०५ गते उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली टीकापुर न.पा. वडा नं. १ स्थितबाट पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरी कार्यलयले बताएको छ ।

बिज्ञापन