घटना समाचार

प्राधिकरणकाे दाबी- फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको होइन

बिज्ञापन

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले सोमबार राति काठमाडौंबाट दुबईका लागि उडेको जहाजमा चरा ठोक्किएको दाबी अस्वीकार गरेको छ ।

बिज्ञापन

सोमबारै राति दुवई मिडिया अफिसले आफ्नो ट्वीटर ह्यान्डलमा काठमाडौंबाट ९ः २० बजे दुबईका लागि उडेको एफजेड ५७६ जहाजमा चरा ठोक्किएको (बर्ड स्ट्राइक) दाबी गरेको थियो । तर प्राधिकरणले उक्त दाबी अस्वीरकार गरेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले आफ्नो प्राविधिक कमजोरी छोप्न बर्ड स्ट्राइकको बहाना बनाईएको हुनसक्ने बताए । ‘सोमबार राति जहाजमा चरा ठोक्किएको भन्ने पुष्टि भएको छैन । हामी एयरपोर्टको मान्छेलाई बर्ड स्ट्राइकबारे थाहा छैन,’ उनले भने, ‘चरा ठोक्किएको भए जहाजमा दुलो पर्थ्यो होला । पाइटले यहाँको टावरलाई किन भनेनन् ? बर्ड स्ट्राइकलाई देखाएर उसले आफ्नो कमजोरी ढाकछोप गरेको मात्र हुनसक्छ ।’

जहाजमा चरा ठोक्किदा कहिले सामान्य त कहिले गम्भीर दुर्घटनासमेत हुने गर्छ । प्रवक्ता निरौलाले विमानस्थलको धावनमार्गमा एउटा मरेको चरा भेटिएको भएपनि त्यो जहाजमा ठोक्किएको भने अस्वीकार गरे ।

उनले भने, ‘चरा भेटिएको त हो । तर, त्यो चरा हेर्दा हिजै ठोकिएर मरेको भन्ने पुष्टि भएको छैन । यहाँ दिउँसो पनि शिकारी घुमिरहेका हुन्छन् । उनीहरुले मारेको हुन सक्छ । हिजै मरेर खसेको भए त आलो हुनुपर्थ्यो । सुकिसकेको चरा भेटिएको हो,’ उनले भने ।

सोमबार १६९ यात्रु बोकेर दुबईका लागि उडेको जहाजमा विमानस्थलबाट उडेलगत्तै आगो देखिएको थियो । एउटा इन्जिनमा समस्या आएको भन्दै पुनः विमानस्थलमा अवतरण गराउने तयारी पनि गरिएको थियो ।

तर, पाइलटले त्रिभुवन विमानस्थलमा जहाजलाई आकस्मिक अवतरण गराएनन् । उनले सुरूमा काठमाडौंको आकाशमा नै केही फन्का लगाए र जहाज पुनः आफ्नै रुटमा गन्तब्यतर्फ लगेको प्राधिकरणको भनाई छ ।

बिज्ञापन