National Election

बारामा उपेन्द्रले कटाए १२ हजार मत, पछ्याउँदै शिवचन्द्र

बिज्ञापन

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत बारा–२ मा मतगणना जारी छ । पछिललो अपडेटअनुसार जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् ।

बिज्ञापन

अध्यक्ष यादवले १२ हजार १ सय १९ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ७ हजार ६ सय ९३ मत पाएका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ४ हजार ३ सय २८ मतका साथ तेस्रो स्थानमा छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले १ हजार ९ सय ४१ मत ल्याएका छन् ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि त्यहाँ आइतबार उपनिर्वाचन गरिएको हो ।

कूल १ लाख ५ हजार २ सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मत खसेको थियो। उक्त निर्वाचन क्षेत्रमा महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाँउपालिकाका ४४ वडा समेटिएका छन् ।

बिज्ञापन