आस्था /आध्यात्म

सत्गुरुले हाम्रो जीवनमा प्रकाश स्तम्भको जस्तै काम गर्छ– मनोज कोटाल (इंचार्ज–महाराष्ट्र खेलकुद समिति, स.नि.म.)

बिज्ञापन

टीकापुर, १६ बैशाख । सत्गुरुले हाम्रो जीवनमा प्रकाश स्तम्भको जस्तै काम गर्छ, उक्त कुरा भारतको महाराष्ट्रलाई आफ्नो कर्मथलो बनाउनु भएका सन्त निरंकारी मण्डल महाराष्ट्रका खेदकुद कमिटिका इंचार्ज मनोज कोटालले आज टीकापुर सत्संग भवनमा आयोजित साप्ताहिक सत्संग समारोहमा बताउनु भएको हो ।

बिज्ञापन

उहाँले जीवनमा जबसम्म हाम्रो मनमा एकाग्रता आउँदैन तबसम्म हामीले जीवनको लाभ लिन नबताउनु भयो । यातायातका मार्गहरु ३ प्रकारका हुन्छन्, एउटा त जमिनबाट कुनैपनि ठाउँमा पुग्न सकिन्छ । दोस्रो हवाई मार्गबाट हामी विश्वको जुनसुकै कुनामा सजिलैसंग पुग्न सक्छौ, त्यस्तै तेस्रो मार्ग भनेको समुन्द्रिक मार्ग हो जुन ठुला–ठुला पानी जहाजको माध्यमबाट यात्रा गर्न सकिन्छ । जमिनबाट यात्रा गर्छौभने हामीलाई विभिन्न प्रकारका र विभिन्न ठाउँमा ट्राफिक सिंगनल वा बोर्डहरुबाट बाटो कतातिर जाने भन्ने कुरा थाह हुन्छ । त्यस्तै हवाई जहाजबाट यात्रा गर्छौ भने एयर ट्राफिकबाट पाइलटलाई गाईड गरिएको हुन्छ र समुन्द्रिक यात्रा गर्छौभने मानव निर्मित प्रकाश स्तम्भ (लाईट अफ हाउस) लाई मध्यनजर गर्दै जहाजको क्याप्टनले जहाजलाई अगाडि बढाई रहेको हुन्छ । भन्नुको तात्पर्य यही हो कि आज हाम्रो जीवनको कल्याण गर्न सत्गुरु माता सुदीक्षा जी महाराज प्रकाश स्तम्भ भएर हामीलाई मार्गदर्शन गरिरहनु भएको छ । यदि हामीले उहाँले भनेका प्रत्येक शब्दहरुलाई शिरोधार्य गरेर अगाडि बढ्छौ भने जीवन सधैं सुखमय हुने उहाँले बताउनु भयो ।

आफ्नो बाल्यकालको स्मरण गर्दै आफू सानो हुँदा सधैं आफ्नो आमासंग चेम्बुर सत्संग भवनमा आइतबारको दिन जाने गरेको र बाल सेवादलमा आवद्ध भएर आज पनि आफू सेवा मै समर्पित रहेर सेवा निभाउँदै आएको बताउनु भयो ।

सत्गुरु बाबा हरदेव सिंह जी महाराजले हामी सबै मानव प्रेमीहरुलाई विश्व नै एक परिवार हो, सबै हाम्रा परिवारका सदस्य हुन, यहाँ कोहि पराया छैनन्, सबै आफ्ना छन् । हामीले सबैसंग कुनै प्रकारको भेदभाव नराखी प्रेम गर्नु पर्छ भनेर बाबा जीको सन्देश रहेको बताउनु भयो । बाबा जीले सधैं हामीलाई विश्व एक परिवार भनेर विश्वबन्धुत्वको सन्देश हामी सबैलाई छोडेर गएको स्मरण गराउनु भयो ।

सत्गुरुका भक्तहरुको भाव सबै ठाउँमा एउटै हुने गर्दछ, चाहे त्यो अमेरिकाको सत्संगमा होस, भारतको सत्संगमा होस वा टीकापुरको सत्संगमा होस सबै ठाउँमा सन्त–भक्तहरुको भाव एउटै हुने गर्दछ । किनभने सत्गुरु एउटै भएको कारण उसका भक्तहरुको भाव पनि एउटै हुने बताउनु भयो ।

उहाँले हाम्रो जीवनमा गुरु बाल्यावस्थादेखि नै हुने गर्छ । जुन बालकलाई बोल्न आउँदै त्यस्तो बालकको गुरु आमा–बुवा हुन्छन्, त्यस्तै स्कूलमा गएपछि त्यस बालकको गुरु उसका शिक्षक हुने गर्दछन् । तर जब हामी आफ्नो पढाईलाई पूरा गरेर व्यवहारिक जीवनतिर अग्रसर हुन्छौ चाहे हामी डाक्टर हौं, ईन्जिनियर हांै, वकिल हौं वा अरु कुनै ठुलो मान्छे किन न हौं त्यति बेलापनि कसै न कसैको मार्गदर्शनको आवश्कता पर्दछ । त्यस्ता प्रकारका मार्गदर्शकहरु स्वार्थनिहित हुने गर्दछन् तर आज हाम्रो जीवनमा सच्चा सत्गुरु आएको छ जसले कुनै स्वार्थ नहेरेर मानवको कल्याणको लागि दिनरात नभनेर संसारका मानवको कल्याणकालागि लागि पर्नु भएको कुरा उल्लेख गर्नुभयो ।

सत्संगमा सन्त निरंकारी मण्डल नेपालका क्षेत्रिय संचालक नर बहादुर बटाला, टीकापुर भवनका मुखी लगायत स्थानीय सन्त–भक्तहरुले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने सत्संग कार्यक्रमको संचालन ललित जैगडीले गर्नुभएको थियो ।

बिज्ञापन