Sudur Pradesh News

कैलाली र कञ्चनपुरका मुक्त कमैया आन्दोलित

बिज्ञापन

धनगढीः कैलाली र कञ्चनपुरका मुक्त कमैया आन्दोलित भएका छन्। दुई दशक बितिसक्दा पनि बसोबास र रोजगारीको व्यवस्था नभएको भन्दै मुक्त कमैया पुनः स्थापनाको माग गर्दै आन्दोलित भएका हुन्। सरकारले पटक–पटक आश्वासन दिएपनि पुनरस्थापनामा ध्यान नदिएको भन्दै सकारलाई दबाब दिन कैलाली र कञ्चनपुरबाट एकै साथ अधिकार यात्रा सुरु गरेका छन्।

बिज्ञापन

२०५७ साल साउन २ गते कमैया प्रथा अवैध भएको ठहर गर्दै सरकारले पश्चिम तराईका दाङ बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका ३२ हजार पाँच सय कमैयालाई मुक्त घोषणा गरेको थियो। मुक्त घोषणापछि सरकारले अधिकांश कमैयाको पुनरस्थापना गरेपनि कैलाली कञ्चनपुरका ७ सय २२ परिवारको अझै पुनरस्थापना गरेको छैन।

सरकारलाई दबाब दिन उनीहरूले बिहीबारदेखि कैलाली कञ्चनपुरबाट एक साथ साइकलमा अधिकार यात्रा थालेका हुन्। पुनरस्थापिना हुन नसकेका मुक्त कमैयाहरू अहिले पनि सार्वजनिक जमिन, जंगल छेउ र नदी खोला किनारमा कष्टकर जीवन बिताइरहेका छन्। पुर्नस्थापना भएका कतिपय मुक्त कमैयाले लालपुर्जा पाएपनि जमिन नपाएको गुनासो गरेका छन्।

तीन तहका सरकार स्थापना भइसक्दा पनि आफूहरुको मागलाई बेवास्ता गरिएको उनीहरूको गुनासो छ। मुक्त कमैया, कम्लहरी र बुक्रही पुनर्स्थापनाका लागि अधिकार यात्रा २०८० सुरु गरिएको हो। कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका मुक्त कमैयारूले आन्दोलनस्वरूप अधिकार यात्रा सुरु गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुरबाट बिहीबार सुरु भएको अधिकार यात्रा १८ गते कैलालीको अत्तरिया र गेटामा पुगेर समापन हुनेछ।

बिज्ञापन