Sudur Pradesh News

मार्तडी-कोल्टी सडक अवरुद्ध

बिज्ञापन

बाजुरा, आसर २७ गते । वर्खा सुरु भएसँगै बाजुराको मार्तडी-कोल्टी सडक अवरुद्ध बन्दै गएको छ । एक वर्ष पहिले कालोपत्रे हुनुपर्ने सो सडकको निर्माण कार्यमा ढिलाई हुँदा वर्खाको सयममा अवरुद्ध बन्दै गएको हो ।

बिज्ञापन

२०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा दुई वटा ठेकेदार कम्पनीले निर्माणको जिम्मा लिएपनि सो सडक अहिलेसम्म बनेको छैन । धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र बाँनीया कोटेश्वर जे.बि प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएपनि सडक निर्माणको काम भने समयमै सम्पन्न गर्न नसकेपछि वर्खाको समय अवरुद्ध बन्दै गएको यहाँका स्थानीयबासी बताउँछन् ।

मार्तडी बसपार्कदेखि चुथीको झण्डै ९ किलोमिटर सडक कालोपत्रेका लागि २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र चुथीदेखि ढम्कने झण्डै ६ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलो मिटर सडक बाँनीया कोटेश्वर जे.बि प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएको थियो ।

जिम्मा लिएको मिति समाप्त हुँदा पनि मार्तडी कोल्टी सडक निर्माण कार्य भने अझै सम्पन्न भएको छैन । ठेकदारको लापरबाहीले सो सडक निर्माणको काममा निकै ढिलाई भएपछि मार्तडीदेखि कोल्टीसम्म जाने यात्रुलाई बर्खाको समय आवतजावतमा समस्या भएको छ । बूढीनन्दा नगरपालिका ७ का स्थानीय दान रोकायाले, लामो समयसम्म पनि सडक निर्माण कार्य सम्पन्न नहुँदा बर्खाको समय आवत जावतमा समस्या हुने गरेको बताउनुभयो ।

चुथीदेखि ढम्कने सम्मको ६ किलोमिटर सडकको कालोपत्रे काम २०७८ असारमै समाप्त गर्छु भनेर ठेका लिएका यज्ञ शाहीले तोकेको समयमै काम सम्पन्न नगरेपछि उहाँलाई फेरी पुन म्याद थपेको थियो । धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौंले २०७९ असार मसान्तसम्म मार्तडीदेखि चुथी सम्मको ९ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो।

धुलिखेल ग्याल्भा श्याम एण्ड शङ्कर प्रालिका काठमाडौंका प्रतिनिधि दिपेन्द्र शाहीले बर्खाको बेला काम गर्न समस्या भएको बताउनुभयो । उहाँले गत वर्ष २०७९ को असारसम्म काम सम्पन्न गर्ने गरी २०७६ कात्तिकमा कामको जिम्मा लिएको हो  । 

अहिले झण्डै ७५ प्रतिशत काम भइसकेको छ र बाँकी काम २०७९ को असार मसान्तसम्म नै सम्पन्न गर्ने उहाँले गत वर्ष नै जानकारी गराएको हो । हिउँदमा पोरखेलेखमा परेको बाक्लो हिम्पातका कारण बाटो अवरुद्ध भएपछि काम गर्न समस्या भएपछि काममा ढिलाई भएको बानीयाँ कोेटेश्वर जे.बि हेटौडा प्रालिका प्रतिनिधि विष्णु रावतले बताउनुभयो ।

मार्तडी कोल्टी सडक निर्माण कार्यका लागि तीन जनाले ठेका लिएको भएपनि सो सडकको कालोपत्रे नभएको स्थानीयले गुनासो गर्दै आएको छन् । मार्तडीको बसपार्कदेखि चुथीसम्मको ९ किलो मिटर कालोपत्रे गर्नका लागि ठेकेदार पदम खड्का र चुथीदेखि ढम्कने सम्मको ६ किलो मिटर सडक कालोपत्रे गर्न यज्ञ शाही र ढम्कनेदेखि कोल्टी सम्मको २६ किलो मिटर सडक कालोपत्रे गर्न ठेकेदार इन्द्र बानीयाँले जिम्मा लिएका छन् ।

मार्तडीदेखि कोल्टी सम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले २६ करोडभन्दा बढी पहिलो किस्ता भुक्तानी लिएका छन् । एक पटक उनीहरुलाई म्याद सकिएकोले पुन म्याद नथपिने गरी काम जिम्मा लिएको म्यादमै काम सम्मपन्न गर्न निर्देशन दिँदै आएको सडक डिभिजन कार्यालय अछामका प्रमुख दिवस बस्नेतले बताउनुभयो। 

बिज्ञापन