स्वास्थ तथा सरसफाइ

आजदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

बिज्ञापन

काठमाडौँ । १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई आजदेखि टाइफाइड विरुद्धको खोप लगाइँदैछ ।

बिज्ञापन

खोप अभियानको औपचारिक सुरुवात भने बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवाबाट भइसकेको छ ।

स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल) ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हो ।

खोप अभियानअन्तर्गत देशभरका ७५ लाख बालबालिकालाई ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ । यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिएको छ ।

केही क्षेत्रमा केही दिनदेखि खोप लगाउन सुरु भए पनि आजदेखि अभियान नै सुरु भएको हो ।

नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ ।

पाँच वर्षमा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको संक्रमण देखिएको स्वास्थ्य विभागले जनाएको छ । अभियान १८ वैशाखसम्म चल्नेछ ।

किन लगाउने टाइफाइडविरुद्धको खोप ?

टाइफाइड÷म्यादे ज्वरो ज्यानै जोखिममा पार्नसक्ने संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहका व्यक्तिमा लागेको पाइए पनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ ।

यो रोग लाग्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने आदिजस्ता लक्षण देखिन्छन् । कसै–कसैलाई पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउने जस्ता लक्षण पनि देखिन सक्छन् । यो रोगको संक्रमणपश्चात केही व्यक्तिहरूमा शरीरका विभिन्न भागमा संक्रमण फैलने, सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने र मस्तिस्क सम्बन्धी समस्याजस्ता जटिलता देखा पर्न सक्छन् ।

बिज्ञापन