राजनीति

नेकपा एमाले भनेको देश बनाउने पार्टी हो : ओली

बिज्ञापन

काठमाडौं । नेकपा एमाले भनेको देश बनाउने पार्टी हो भनेर पूर्व प्रधान मन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ । उहाँले अगाडि भन्नुभयो, ‘जनताका समस्या समाधान गर्ने पार्टी हो । जनताका दुःखकष्टहरूलाई सम्बोधन गर्ने र तिनीहरूलाई हटाउने पार्टी हो । यो कुनै मुद्दा उठाएर मुद्दा देखाएर मुद्दाका नाममा मुद्रा कमाउने पार्टी होइन । यो पार्टी जनताको वास्तविक समस्याहरूलाई समाधान गर्ने पार्टी हो ।’ उनले भने, ‘नागरिकताका समस्या हामीले संसद्बाट हुन नसकेपछि संसद् नचलेका बेला अध्यादेश ल्याएर पनि नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्नुपर्छ भनेर कानुन बनायौँ । तर, अहिलेको गठबन्धनले त्यसलाई कायम रहन दिएन । फेरि हामी त्यसलाई अघि बढाउनेछौँ । हामीले तराईको विकासका लागि हुलाकी राजमार्ग, उत्तरदक्षिण राजमार्गहरूलाई चौडा गर्ने काम गरेका छौँ । हामीले महानगर, नगर र सहरहरूलाई चक्रपथद्वारा विकास गर्ने, स्मार्ट सिटीहरूको अवधारणाअनुसार स्मार्ट सिटी अघि बढाउने कामहरू गरेका थियौँ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी नभएको बताएका छन् । शनिबार वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीसहितका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् ।

बिज्ञापन

उनले एमाले जनताका दुःख र समस्यालाई हटाउने पार्टी भएको जिकिर गरे । पूर्वप्रधानमन्त्री समेत रहेका उनले आफ्नो कार्यकालमा नागरिकताको समस्या संसद् नचलेको बेलामा पनि अध्यादेश ल्याएर बनाएको र अहिलेको सरकारले त्यसलाई रोकेको बताए । यस अवसरमा नगरप्रमुख सरावगी जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य थिए । जसपा परित्याग गरी उनी एमालेमा प्रवेश गरेका हुन् ।

बिज्ञापन