राजनीति

केपी ओलीको निर्देशनः ‘निर्वाचनम बुथ कब्जा हुनसक्छ, सर्पजस्तो डस्न तयार हुनु’

बिज्ञापन

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बुध कब्जा हुनसक्ने बताउँदै कार्यकर्तालाई गड्यौलाजस्तो नभई सर्पजस्तो डस्न तयार रहन निर्देशन दिएका छन्।

बिज्ञापन

सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी चुनावमा गठबन्धनले धाँधली गर्नसक्ने जिकिर गरे। यसअघि पनि सुनसरीमा बुथ कब्जा गरेर एमाले उम्मेदवारलाई हराएको उनको आरोप थियो।

२०७४ सालको निर्वाचनमा सुनसरी ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार निर्वाचित भएका थिए। एमाले उम्मेदवार भगवती चौधरी पराजित भएकी थिइन्। चौधरलिाई बुध कब्जा गरेर हराइएको उनको आरोप थियो।

“दुई पटक भगवती चौधरीले जितेको क्षेत्र हो यो। तर, हार घोषणा गराइएको छ। प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ,” ओलीले भने।

उनले अब त्यस्तो नगर्न स्थानीय प्रशासनलाई आग्रह पनि गरे। “म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरूलाई आग्रह गर्न चाहन्छु, तपाईहरू कुनै पार्टी विशेषको कार्यकर्ता होइन। त्यसकारण तपाईंहरुले राष्ट्रसेवकको हैसियतमा निष्पक्ष भूमिका खेल्नुपर्दछ,” ओलीले भने, “मैले विश्वास लिएको छु, यस निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मच्चाउने लगाएका काम हुने छैनन्। त्यसो नगर्न सबैमा आग्रह गर्दछु।”

आगामी चुनावमा गठबन्धनले धाँधली गर्न सक्ने बताउँदै उनले कार्यकर्तालाई चनाखो भएर बस्न सचेत गराए। ओलीले भने, “एमालेका नेता कार्यकर्ता गड्यौला जस्तो हुने हैन। दुईटा दाँत भएको सर्पजस्तो डस्न तयार पनि हुनुपर्छ।”

जनताको मतको सरक्षा गर्न कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले आगामी चुनावबाट बहुमतको सरकार बनाउनुपर्ने बताए। जनताले एमालेलाई फेरि सरकारमा पठाउने उनको दाबी थियो।

बिज्ञापन