Uncategorized

इसाई धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा

बिज्ञापन

काठमाडौं । आज डिसेम्बर २५ इसाई धर्मावलम्बीले विश्वभर क्रिसमस डे मनाउँदै छन् । धर्मका प्रवर्द्धक जिजस क्राइस्ट (येशू क्रिस्ट)को जन्मदिनका अवसरमा मनाइने क्रिसमस डे उक्त धर्मको सबैभन्दा ठूलो पर्व हो ।

बिज्ञापन

येशू क्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा उक्त समुदायले आजको दिनलाई भव्य रुपमा मनाउने गर्छन्।

आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।

क्रिसमस डेका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

क्रिसमसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उच्च पदस्थ व्यक्तित्वहरुले शुभकामना दिएका छन् ।

बिज्ञापन