
पुष ,१४
रुकुम पश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छ्न ।
जिल्ला प्रहरी कार्यालयक रुकुम पश्चिमका अनुसार ती महिला चक्कुसहित प्रहरी कर्यालय पुगेकी छ्न । आइतबार बेलुका उनी मैले श्रीमानको हत्या गरे भन्दै प्रहरीमा पुगेकी थिइन् ।

यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार मुसीकोट नगरपालिका -८ किटनीकी ५० वर्यीय डल्ली बुढा आइतबार बेलुका जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन ।
प्रहरीका अनुसार डल्ली चित्रबहादुरकी कान्छी श्रीमती हुन ।
उनी बिहान उठेपछि दुबै जनाबीच विवाद सुरुभएको र विवाद बढदै जाँदा श्रीमतीले चक्कु प्रहार गरेको प्राम्भिक अनुसन्धानका क्रममा देखिएको डिएसपी केसीले बताए ।
डल्ली प्रहरी कार्यालयमा पुगेलगत्तै घटनास्थलतर्फ गएको प्रहरी टोलीले उनका श्रीमान चित्रबहादुर थापाको शव घरमा भेट्टाएको थियो ।
घटना आइतबार बिहान ४ बजेतिर भएको भएता पनि शवलाई उठाएर ल्याउन राती ९ बजेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।
डल्लीलाई हिरासतमा राखेर थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रुकुमले बताएको छ।

अन्य समाचारहरु
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै
संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन
संसद भवन नजिकै युवक द्वारा आत्मदाहको प्रयास