घटना समाचार

सप्तरीमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

बिज्ञापन

सप्तरी । सप्तरीमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको छ । तिलाठी कोइलाडी-४ का ४५ वर्षीय देवु सदाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको वडाध्यक्ष मुनिलाल मुखियाले बताए ।

बिज्ञापन

उनका अनुसार चार दिनअघि मात्र भारतको पन्जाबबाट आएका सदा बिहीबार राति खाना खाएर सुतेको र शुक्रबार बिहान ओछ्यानमै मृत फेला परेका थिए । मुसहर समुदायका विपन्न उनको घरमा न्यानो कपडाको अभाव रहेको र यसकै कारण उनको ज्यान गएको हुनसक्ने उनको भनाइ छ । सप्तरीमा गत पुस ८ गते पनि जाडोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको थियो ।

बिज्ञापन