राष्ट्रिय समाचार

‘प्रधानमन्त्रीले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउँछ’

बिज्ञापन

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्रीले संसद्मा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारको प्रवक्ता समेत रहेका पौडेलले सरकारले संसद्मा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् ।

बिज्ञापन

उपप्रधानमन्त्री पौडेलले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु जानकारी गराएका हुन् । सोक्रममा उनले भने, ‘वर्तमान सरकार केही महत्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित छौं । सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयारीमा हुनुहुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिने कार्यक्रम रहेको छ । विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउँदै उनले भने, ‘मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै मन्त्रिपरिषद् राष्ट्रिय अभिभारामा केन्द्रित भएर जनता र राष्ट्रका समस्यमा केन्द्रित भएर गतिशील रूपमा अगाडि बढ्नेछ ।’

बिज्ञापन