घटना समाचार

पाल्पा बस दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो

बिज्ञापन

पाल्पा, पुस २२ गते । गए राति भएको बस दुर्घटनाका मृतक तथा घाइतेहरूको पहिचान खुलेको छ । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानीतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस पाल्पाको रैनदेवी छहरा–८, खुर्सानीमा दुर्घटना भएको थियो । 

बिज्ञापन

दुर्घटनामा परी रैनदेवी छहरा–८, का ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । 

दुर्घटनामा परी रैनदेवी छहरा–८, की ३६ वर्षीया निर्मला घिमिरे, ११ वर्षकी छोरी सिरुमाया घिमिरे, सोही स्थानकी ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री रहनुभएको छ । यस्तै सोही स्थानकी १९ वर्षीया बिमा पाण्डेय रहनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

यस्तै दुर्घटनामा परी रैनदेवी छहरा–८, की ७२ वर्षीया पूर्णकुमारी दर्जी, ६० वर्षकी यमकली रास्कोटी, ३९ वर्षीया यमकला पाण्डेय गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । 

यस्तै दुर्घटनामा परी श्रेया राना, दिपसन राना, चेतबहादुर दर्जी, चुमा घर्ती, रामबहादुर बस्नेत, सूर्यबहादुर रेग्मी घाइते हुनुभएको छ । उहाँहरूको उपचार भने एडमनसिटी अस्पताल जित गढी बुटवलमा भइरहेको छ । यस्तै अन्य घाइतेहरूमा लालकुमारी गाहा, सुरज घिमिरे, तुल्सा पाण्डे, लिला गाहा, अस्सना रास्कोटी, फर्सिकला पाण्डे, लिमकली पाण्डे, आर्या पाण्डे र स्यानिकला बस्नेत रहनुभएको छ । उहाँहरूको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

बस सडकदेखि १०० मिटर तल खसेको स्थानीय रैनदेवी छहरा–८, का वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिनुभयो । 

बिज्ञापन