राष्ट्रिय समाचार

सरकार र मिटरब्याज पीडितको वार्ता भंग

बिज्ञापन

काठमाडौं –मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ । बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेको हो । सहमति नजुटेपछि समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ । ५ दिनसम्म भएको

बिज्ञापन

वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरु दोहो¥याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नु परेको मिटरब्याज तथा समितिका प्रवक्ता निर्ग नवीनले बताए ।

‘समितिले सरकारलाई ६ बुँदे माग राखेको थियो । राज्यले बनाएको वार्ता टोलीसँग हामीले ५ दिन वार्ता बस्यौँ । उहाँहरु ६ बुँदे मागप्रति सकारात्मक हुनु भएन । आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हामीले निर्णय गरेका हौ’ उनले भने ।

प्रवक्ता नविनले संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको दाबी गरे ।

बिज्ञापन