राष्ट्रिय समाचार

कर्णालीका नवनियुक्त ४ मन्त्रीले लिए शपथ, मागेको मन्त्रालय नदिएपछि विनोदको बहिष्कार

बिज्ञापन

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

बिज्ञापन

शपथ लिनेमा भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री वीरबहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री दुर्ग रावत रहेका छन् ।

यस्तै राज्यमन्त्री गोमता विकले पनि शपथ लिएकी छन् ।

साथै भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा दाबी गरेका विनाेदकुमार शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उनले शपथ ग्रहण कार्यक्रम नै बहिस्कार गरेका छन् ।

बिज्ञापन