राष्ट्रिय समाचार

रहस्यमय तरिकाले मंगलबार टेलिकमको सेवा अबरुद्ध किन?

बिज्ञापन

मंगलबार दिउँसो १२ बजेदेखि नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन सेवा ठप्प भएको थियो तर त्यो के कति कारणले भएको हो भन्ने कुरा प्रयोग कर्ताले भने जान्न पाएनन् । करिब दुई घण्टा सेवा अबरुद्ध हुँदा टेलिकमले न तुरुन्तै कुनै माध्यमबाट ग्राहकलाई सूचित गर्‍यो, न त असुविधाको लागि क्षमायाचना नै माग्यो करोडौंको संख्यामा प्रयोग कर्ता रहेको टेलिकमले उपभोक्ताको जान्नपाउने अधिकार हनन गरेको भनी उपभोक्ता हरुको गुनासो रहयो।

बिज्ञापन

कहिले काहिँ कुनै सिमित क्षेत्रमा सेवा अबरुद्ध हुनु कुन त्यो क्षेत्रमा भएको कुनै समस्या सम्झ्न सकिन्छ तर देश भरि एकैपटक नेटवर्क नहुने कारण के? भन्ने उपभोक्ताले अहिलेसम्म जान्न पाएका छैनन्
मंगलबार मन्त्रिपरिषद विस्तारको तयारी हुँदै गर्दा सुरु भएको फोन नलाग्ने सुरु भएको समस्या नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मन्त्रालयमा पदबहाली गर्दासम्म पनि समस्या समाधान भइसकेको थिएन यस कुरालाई उपभोक्ताले रहस्यमय हिसाबले लिएका छ्न।

अतिआवश्यकीय सेवा लगातार करिब डेढ घण्टा र आंशिक रुपमा पटक-पटक अवरुद्ध हुँदा देशभर अन्योलको अवस्था छ । पटक-पटक एसएमएस पनि नजाने र इन्टरनेट डेटा पनि नचल्ने भएकाले धेरैले सास्ती भोगिरहेका छन् ।

पछिल्लो समयमा प्रमुख प्रबिधिको रुपमा मोबाइलको निर्भरता बढ्दै गएकोले उपभोक्ताले एक्कासी सेवा किन रोकियो भन्नेबारे पनि टेलिकमले ठोस जानकारी नगराएकोले यो रहस्यमय नै छ ।
बेलुका ४ बजेपछि फेसबुक पेजमा सेवा अवरुद्ध भएको सूचना दिएर क्षमायाचना गरेको छ । ‘हाल सबै सेवा सुचारु भइसकेको र कुनै ग्राहकको मोबाइल सेवामा समस्या भएमा आफ्नो मोबाइल सेटको पावर अन/अफ गर्नुहुन वा फ्लाइट मुड अन/अफ गर्नहुन अनुरोध छ
टेलिकमका प्रवक्ता शोभन अधिकारीको कुरालाई आधार मान्ने हो भने टेलिफोन सेवाको प्रणाली करिब १५ मिनेट मात्रै अवरुद्ध भएको हो । ‘बन्द सेवा सुरु भएपछि एकसाथ फोनहरु धेरै संख्यामा भए, प्रणालीमा चाप परेपछि फोन नलाग्ने समस्या रहिरह्यो,’ उनी भन्छन्,’अवरुद्ध नै भएको त धेरैबेर हैन ।’
तर उपभोक्ताले भने करिब २घन्टा सास्ती खेप्नुपरेको थियो ।

बिज्ञापन