राष्ट्रिय समाचार

रेस्टुरेन्ट पसेर गोप्यरुपमा महिलाको फोटो खिचेको आरोपमा डिएसपी पक्राउ

बिज्ञापन

काठमाडौं । रेस्टुरेन्टमा महिलाको निजी फोटो तथा भिडियो खिचेको आरोपमा सशस्त्र प्रहरी बलका डिएसपी तुलसिंह केसी पक्राउ परेका छन् । स्वयम्भू वृत्तले उनलाई आइतबार पक्राउ गरेको हो। स्वयम्भूस्थित एक रेस्टुरेन्टमा शनिबार प्रेमीसहित गएकी एक युवतीको उनले फोटो तथा भिडियो खिचेका थिए ।

बिज्ञापन

युवतीले थाहा पाएपछि रेस्टुरेन्टमै झगडा भएको थियो। डिएसपी केसीले माफी मागेर मिलापत्र गर्ने प्रयास गरे पनि युवती पक्षले प्रहरीमा उजुरी दिएको हो । आइतबार अदालतमा म्याद थप गरी स्वयम्भू वृत्तले अनुसन्धान अघि बढाएको छ। डिएसपी केसी पोखरास्थित बाहिनीमा कार्यरत थिए ।

अनुमतिविना कसैको फोटो तथा भिडियो खिच्न नपाइने गोपनीयतासम्बन्धी ऐनको कसुरअन्तर्गत उनलाई कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

बिज्ञापन