कृषि

टीकापुरमा तत्काल दुधको मूल्य वृद्धि नहुने

बिज्ञापन

टीकापुर । सरोकारवालाबीच सहमति नजुटदा टीकापुरमा दुधको मूल्य वृद्धि तत्कालका लागि रोकिएको छ । पशुपालक किसानहरुले फागुन २८ गते दुधको मूल्य बृद्धि गरिनुपर्ने माग राख्दै नगरपालिकामा निवेदन दिएका थिए । यस विषयमा नगरपालिकामा चैत १४ गते छलफल भएपनि किसानहरुले  दुधको मूल्य ७० पाउनु पर्ने माग राखेका  र डेरी व्यवसायीहरुले प्रतिलिटर १५ रुपिया नाफा माग गरेपछि कुरा मिलेको थिएन । 
दुधको अधिकतम खुद्रा मूल्य ८० भन्दा बढी हुन नहुने उपभोक्ताको माग छ । किसान र डेरी सञ्चालकको माग पूरा गर्दा दुधको मूल्य प्रतिलिटर ८५ पुग्ने भएकाले सहमति हुन सकेको थिएन । यसैबीचमा डेरी व्यवसायीहरुले दुध र दूग्धजन्य पदार्थको मूल्य एकलौटी रुपमा बढाउन खोजेपछि सहमतिमा मूल्य निर्धारण नहुञ्जेल नगरपालिकाले मूल्य बृद्धि रोक्न निर्देशन दिएको नगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख नन्दबहादुर केसीले जानकारी दिनुभएको छ ।

बिज्ञापन
बिज्ञापन