घटना समाचार

बलात्कार मुद्दाका दोषीलाई जन्मकैद

बिज्ञापन

इलाम, चैत ३० गते । सुस्त मनस्थिति भएकी २४ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका २५ वर्षीय एक व्यक्तिलाई जिल्ला अदालत इलामले जन्मकैदको फैसला सुनाएको छ । माङसेबुङ –१ का २५ वर्षीय जितबहादुर कामीलाई अदालतले जन्मकैदको सजाय सुनाएको हो ।

बिज्ञापन

वि.सं.२०७८ कार्तिक १२ गते राति जितबहादुरले ती महिलालाई आफ्नै घरमा पटक–पटक जबरजस्ती करणी गरेको मिसिलमा उल्लेख छ । दोषीलाई अदालतले ५० हजार रुपियाँ पीडितलाई क्षतिपूति भराउन र दुई हजार आठ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश दिएको अदालतका श्रेस्तेदार फडिन्द्र भट्टराईले जाकारी दिनुभयो । 

बिज्ञापन