Climate

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बिज्ञापन

धनगढी:  हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा आंशिक बदली रहेको छ।

बिज्ञापन

आज दिउँसो कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा अपराह्नतिर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति देशको पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका  एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  

बिज्ञापन