Climate

मनसुन सक्रिय : देशका धेरै ठाउँमा पानी पर्ने

बिज्ञापन

बेलुका काठमाडाैं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय हुने र पानी पर्ने भएकाले केहीदिनदेखि बढेको गर्मी घट्नेछ ।

बिज्ञापन

कतै एकैछिन घाम लाग्ने अनि त्यसपछि बादल लाग्ने र पानी पर्नेक्रम भइरहने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

काठमाण्डौ – मनसुन फेरि सक्रिय भएको छ ।

आजदेखि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले लुम्बिनी र गण्डकीका थोरै ठाउँ तथा प्रदेश–१ र कर्णालीका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश–१, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिज्ञापन