आस्था /आध्यात्म

आज बुबाको मुख हेर्ने दिन र मोती जयन्ती

बिज्ञापन

काठमाडौं ।आज कुशे औँसी तथा बुबाकाे मुख हेर्ने दिन । आज आफ्ना बुबालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ ।

बिज्ञापन

बुबा जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बुबा नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण तथा श्राद्ध गर्ने परम्परा छ ।

काठमाडाैंको गोकर्णमा बिहानैदेखि श्राद्ध तथा तर्पणगर्नेको घुइँचो छ । उत्तरगयाका रूपमा परिचित गोकर्णेश्वर महादेवथानमा श्राद्ध गरी पिण्डदान गर्नाले मातृकूल, पितृकूलकाे उद्धार हुने धार्मिक विश्वास छ ।

हिन्दु धर्मावलम्बीले वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गरिन्छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

यसैगरी आजै युगकवी मोतीराम भट्टको १५२औँ जन्मजयन्ती मनाइँदैछ । १९२३ काे कुशे औँसीका दिन जन्मिएका मोतीरामको १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन निधन भएको थियो ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । नेपाली भाषामा गजलको सुरुवात पनि मोतीरामले नै गरेको मानिन्छ।

बिज्ञापन