घटनास्वास्थ तथा सरसफाइ

फेरि बढे कोरोना संक्रमिति संक्रमितको संख्या ५०७ पुग्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर ९ जेठ
कोरोना भाइरस ले बिश्वलाई आक्रान्त बनाएको छ भने पछिल्लो समय नेपालमा पनि सन्क्रमितको संख्या बढेर ५०७ पुगेको छ।
स्वस्थ तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले शुक्रबार थपिएका संक्रमितमा बाँकेमा १४ जना कैलाली जिल्लामा ३ जना, डडेलधुरामा १ जना, बैतडीमा १ जना, र मोरङमा १ जना रहेका छन।

कैलालीको जानकी गाउँपालिका वडा नं ४ र ७ गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नं ७मा २ जना र वडा नं ४ मा १ जनामा कोरोना देखिएको हो । उनीहरु भारत तथा इटहरी बाँकै बाट आएका हुन् ।
यो भन्दा पहिला धनगढी उपमहानगरपालिकाका २ जना र लम्कीचुहा नगरपालिकाका २ जनामा कोरोना देखिएको थियो । उनीहरु चारै जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्केका छन् ।

बिज्ञापन

यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १० पुगेको छ भने देश भरीमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply