नेपाल प्रहरीलाई प्रभु बैंकको सहयोग

धनगढी -जेठ-20
प्रभु बैंक लिमिटेड सुदुरपश्चिम प्रदेशले बिश्वब्यापी महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात (COVID) -19 बाट उत्पन्न हुनसक्ने महामारिलाई मध्यनजर गर्दै नेपाल प्रहरीलाई रु पचास हजार बराबरको स्वास्थ सामाग्री सहयोग गरेको छ ।


बिहिबार बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख नन्दराज जोशि र बैंकका धनगढी शाखाका प्रबन्धक रबि कान्त जोशिले एक कार्यक्रमका बिच नेपाल प्रहरिका सुदुरपश्चिम प्रहरी प्रमुख उत्तमराज सुबेदिलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो।
बैंकका प्रदेश प्रमुख जोशीले उच्च जोखिमका बाबजुत नेपाल प्रहरिले कोरोना रोकथाममा गरेको योगदान अत्यन्तै सम्मानयोग्य रहेको बताउनुभयो।

उक्त सामाग्री सहयोग गर्नुभयकोमा प्रहरी प्रमुख सुबेदिले प्रभु बैंक लिमिटेड र प्रदेश प्रमुख जोशीलाई धन्यबाद ब्यक्त गर्नुभयो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
