घटनाप्रवास

नेपाली हिरा व्यावसायि मीन बोहराको मृत्युको कारण यस्तो रहेछ ..

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रवास सम्बादाता
साउन ६ मुम्बई
भारतको मुम्बईमा सफल हिरा व्यावसायि तथा समाज सेविको रूपमा चिनिने सयुक्त नेपाली महासंका पुर्ब अध्यक्ष मीन बहादुर बोहराको निधन भएको छ।

अछाम जिल्ला मंगलसेन नगरपालिका ओलिगाउ स्थाइ घर रहि हाल मुम्बईको अधेरीमा बस्ने मीन बोहरा बिगत लामो समय देखी मुम्बईमा रहेका प्रवासी नेपाली हरुलाई गाह्रो अफ्ट्यारो पर्दा अग्रसरता देखाउदै जस्तोसुकै समस्यामा पनि सहयोग गर्दै आउनु भएको थियो ।

बिज्ञापन

बोहराले बुधबार बिहान आठौं तलाको आफ्नो निवास रहेको बिल्डिङको चौथो तला बाट हामफालेलेर आत्महत्याको प्रयास गरेको र उक्त घटना बाट घाइते भएका बोहरा लाई मुम्बई स्थित ननावटी अस्पतालमा पुर्याउदा बोलचाल गर्दै गरेको बताए । उहाले आफै हामफालेको कुरा स्वीकारेको उहाका दाइले बताएका छन।

कोरोना संक्रमीत भएर रिपोर्ट पोजेटिभ देखिएको र अस्पतालमा रहदै नेगेटिभ रिपोर्ट आइसकेका बोहरा केहि हप्ता पहिले अस्पताल बाट डिस्चार्ज भइ घरमै आराम गरिरहनु भएको थियो ।

कम्मर र कपालमा गम्भीर चोट लागेर घाइते भएका बोहरा को बुधबार बिहान पाँच बजे निधन भएको सयुक्त नेपाली महासघका अध्यक्ष भरत रावलले मालिका समाचार लाई जानकारी दिनु भयो।

मीन बोहराको देहावसान संगै एउटा रोजगार दाताको अन्त भएको छ नेपालमा डाइमन्ड कटिङ(हिरा काट्ने ) उद्योग खोलेर एक बर्षमा एक सय जना लाई रोजगार दिने बोहराको सपना अधुरो रहेको छ भने गतिलो संभावना बोकेका एक होनहार युवा नेपाली समाजले गुमाएको छ ।

मुम्बईको अधेरी तथा ठाना जिल्लाको मिरारोड मा आफ्नै दुइटा घर रहेछ्न भने दुई छोरा सहित परिवार अधेरी मै रहेपनी नेपाल गन्ज वाटर पार्कमा चार तलाको एउटा र दुई तलाको १ गरि दुई घर रहेका छन जन्म जिल्ला अछामको घर जग्गा पनि छ हिरा व्यावसायि रहेको हुनाले उहाको लेनदेन कहाँ के कति रहेको छ भन्ने कुरा पुरै खुल्न नसकेको परिवार स्रोतले जनाएको छ।

मुम्बईमा उहाको श्रीमती सहित बोहराको २ छोरा रहेका छ्न यसरी समाज कै अगुवाको देहावसान हुदा पुरै उहाँको परिवार संगै प्रवासी नेपाली हरुले कुशल अभिभावक गुमाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply